site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पत्रकार उपचार कोषमा ६० लाख
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार उपचार कोषमा ६० लाख रुपैयाँ रकम जुटिसकेको छ । 

महासंघ झापाका सदस्य र दाताले दिएको सहयोगबाट हालसम्म कोषमा सो रकम जम्मा भएको हो । जिल्लामा, पत्रकार, सर्वसाधारणदेखि व्यवसायीले समेत विवाह वर्षगाँठ र जन्मोत्सवमा कोषमा रकम सहयोग गर्दै आएका छन् । कोषको रकम रु एक करोड पुर्याउने लक्ष्यसाथ सहयोगी दाताले दिएको रकम संकलन गरिरहेको महासंघ शाखा अध्यक्ष एकराज गिरीले जानकारी दिए ।  

उपचार कोष वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले मेचीनगर नगरपालिका–६ का ८४ वर्षीय कृष्ण उप्रेतीले आफ्नो जन्मोत्सवमा २५ हजार सहयोग गरेका छन् । भानु साहित्यिक प्रतिष्ठानका अध्यक्षसमेत रहेका उनले जन्मोत्सवका अवसरमा कार्यक्रम नै आयोजना गरेर सो रकम अध्यक्ष गिरीलाई हस्तान्तरण गरेका हुन् । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १८, २०७९  ११:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement