site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पीआर आकाशका दुई गजल
Sarbottam CementSarbottam Cement

गजल — १ 

गयौ तिमी, अक्षरविनाको डिको थियो 
बाँकी कथा भोको पेट र रोटीको थियो

बारम्बार बल्झिरह्यो उही पुरानो घाउ 
आखिरमा चोट भने एकैचोटिको थियो
 
ठक्कर खाएपछि न बोर्डलाई थाहा भो
सधैँभरिको चाल एउटै गोटीको थियो  

Prabhu Bank
Agni Group
NIC Asia

त्यहीँमाथि आफन्तीहरूले धार उध्याइरहे 
धन्न बच्यो बलिको बोको खोटीको थियो 

कौडीको दरमा दौडिए पनि अथाह जीवन 
अन्तिममा जीवनकथा उच्चकोटीको थियो ।

Global Ime bank


गजल — २ 
 
हावाहुरीबीचको शुभ बेला हौ तिमी 
दियो जोगाउने हत्केला हौ तिमी 

अहिले भीडमा हराएर भौँतारिरहेछु म 
यो भीडको रमाइलो मेला हौ तिमी 

सबै ढोका बन्द भइसक्दा नि जीवनमा
बचे खुचेको एउटै जस्केला हौ तिमी 

आँखा चिम्म गर्दा तिमीलाई नै देख्छु
निदाउँदा बन्द नहुने परेला हौ तिमी
  
तीतै होस् बरु बोली सुन्न पाऊँ सधैँभरि 
सुगरलाई निको पार्ने करेला हौ तिमी ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १७, २०७९  १४:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement