अर्थ व्यवसाय
काठमाडौं । महानगर यातायात प्रालिले १० वटा टाटा अल्ट्रा बस सञ्चालनमा ल्याएको छ ।
महानगर यातायात प्रालिले काठमाडौं उपत्यकाको चक्रपथ परिक्रमामा सेवा दिँदै आएको छ । हाल यस प्रालिले ३९ वटा सुविधा सम्पन्न र आधुनिक प्रविधि जडित यात्रुवाहक बस सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ ।
यस प्रालिले घटस्थापनाको अवसर पारेर थप १० वटा टाटा एल.पी.ओ. ८.५ अल्ट्रा बस सञ्चालनमा ल्याएको हो ।
प्रकाशित मिति: बुधबार, असोज १२, २०७९ १५:४९
प्रतिक्रिया दिनुहोस्