काठमाडौं । मनास्लु हिमालमा हिमपहिरो जाँदा १० जना बढी घाइते भएका छन् । गोरखाको चुमनुब्री गाउँपालिका–१ मनास्लु हिमालमा पहिरो खस्दा उनीहरू घाइते भएका हुन् ।
गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले घटनास्थलतर्फ कैलाश हेलिकप्टर गएको तर खराब मौसमका कारण उद्धारमा कठिनाइ भएको बताए ।
“कुहिरो लागेकाले उद्धारमा कठिनाइ भएको छ । घटनास्थल नजिकै तेस्रो बेसक्याम्पमा हेलिकोप्टर पुगेको छ ।”
अक्सिजन लगायत सामग्री पुर्याउन गएकाहरू घाइते भएको बताइएको छ ।
कैलाश हेलिकोप्टर श्रीहरि कुइँकेलले दिउँसो १ बजे नै हेलिकप्टर सामागाउँमा पुगेको तर खराब मौसमका कारण उद्धारको काम हुन नसकेको जानकारी दिए ।
"हाम्रो हेलिकप्टर खराब मौसमका कारण दिउँसो १ बजेदेखि सामागाउँमा रोकिरहेको छ । खराब मौसमका कारण उद्धारको काम हुन सकेको छैन," उनले भने ।