site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उमेदवारले पेस गरेको खर्चको विवरण सार्वजनिक गर्न राष्ट्रिय सूचना आयोग सुझाव
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । राष्ट्रिय सूचना आयोगले निवार्चन सम्पन्न भएपश्चात् उमेदवारले पेस गरेको खर्चको विवरण सार्वजनिक गर्नका लािग निर्वाचन आयोगलाई सुझाव दिएको छ । 

२०७९ वैशाखदेखि हालसम्म भएका कामकारबाहीका बारेमा जानकारी गराउन आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले निर्वाचनका लागि उमेदवारले पेस गर्ने मनोनयन पत्र तथा संलग्न कामजातहरु सर्वसाधारण मतदाताहरुले पनि जानकारी पाउने गरी सार्वजनिक गर्ने व्यवस्था गर्न सुझाव दिएको जानकारी दिएको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

आयोगकी सूचना आयुक्त कमला ओली थापाले आगामी निर्वाचनलाई निश्पक्ष, स्वच्छ, पारदर्शी र जिम्मेवार बनाउनका लागि निर्वाचन आयोगलाई सुझाव दिएको जानकारी दिइन् । त्यस्तै, माग गरिएको सूचना उपलव्ध नगराउने रौतहटको राजपुर नगरपालिका र त्रिवि परीक्षा नियन्त्रण कार्यालयलाई जरिवाना गरिएको उनले बताइन् ।

थापाले यस अवधिमा १२३ वटा पुनरावेदन उपर कारबाही भएको जानकारी पनि दिइन् । आयोगले आफ्नो कामलाई प्रभावकारी बनाउनका लागि सूचनादाताको संरक्षण सम्बन्धी नियमावलीको मस्यौदालाई सुझावसहित सञ्चार मन्त्रालयमा स्वीकृतीका लागि पठाएको उनले बताइन् । 

Royal Enfield Island Ad

सूचना आयोगले स्थानीय तहको खर्चको विवरण मासिक रुपमा सार्वजनिक गर्ने, बजेटअनुसार भएका कामको नियमति रुपमा सार्वजनिक गर्ने, सूचनाको हकसम्बन्धी कानुन तथा आयोगका आदेश पालना गर्न लगाउन लगाएका आदेश दिइएको जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ९, २०७९  १३:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro