site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सकियो सोह्रश्राद्ध, भोलिदेखि बडादसैँ सुरु हुँदै
Siddhartha BankSiddhartha Bank

काठमाडौं । पितृपक्ष अर्थात सोह्रश्राद्ध आजदेखि सकिएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म १६ दिन दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरेसँगै आजदेखि सोह्रश्राद्ध सकिएको हो । 

सोह्रश्राद्धको अन्तिम दिन आज तिथि मिति थाहा नभएका र अन्य कारणले श्राद्ध रोकिएका सबै मृतकहरूको सम्झनामा श्राद्ध गरिने हुँदा यस दिनलाई सोह्रश्राद्धको सबैभन्दा महत्त्वपूर्ण दिन मानिन्छ । आजको दिन पशुपति, वराहक्षेत्र, जनकपुर, मुक्तिनाथ, दामोदर कुण्ड, रिँढी, देवघाट लगायत देशका अन्य पितृ धर्मस्थलहरूमा गएर श्राद्ध गर्ने चलन छ ।

Agni Group
NIC Asia

चाड पर्व, यज्ञ तथा ठूला कार्य गर्नुभन्दा पहिले पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिन्छ । सोह्रश्राद्ध सकिएसँगै भोलिदेखि बडादसैँको नौरथा सुरु हुँदै छ ।

पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष घटस्थापनाको शुभ साइत भोलि (असोज १० गते) बिहान १०.२३ बजे रहेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ९, २०७९  ०७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय