काठमाडौं । सरकार र चिकित्साशिक्षा क्षेत्र सुधार अभियन्ता डा. गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ । शनिबार सहमतिलगत्तै डा. केसीले अनशन तोडेका छन् ।
सातबुँदे माग राख्दै डा. केसी कैलाली हुँदै काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा अनशनरत थिए । उनले शिक्षण अस्पतालमै उपचाररत बालकको हातबाट जुस पिएर अनशन अन्त्य गरेका हुन् ।
“विगत १३ दिनदेखि हाम्रो सत्याग्रही आन्दोलन चलेकोमा आज (शनिबार) नेपाल सरकारसँग दशबुँदे सहमति भएको छ । तर, त्यसमा सम्बोधन नभएको ‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मापदण्डविना नियुक्त भएका पदाधिकारीहरूलाई पदमुक्त गरियोस्’ भन्ने हाम्रो माग कायम रहेको र त्यसका लागि हामी निरन्तर संघर्षरत रहने कुरा जानकारी गराउन चाहन्छौँ,” डा. केसीले भनेका छन् ।
सहमतिका बुँदा पढ्नोस्–