देश
काठमाडौं । भक्तपुरको सूर्यविनायक चोकमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ की ७२ वर्षीया दिलमाया श्रेष्ठको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा सल्लाघारीस्थित डा. ईवामुरा अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
आज बिहान करिब ८ बजे सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको बा१प १५५१ नम्बरको पर्यटक बसले पैदल हिँडिरहेकी श्रेष्ठलाई ठक्कर दिएको थियो । बससहित चालकलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९ ११:४५
प्रतिक्रिया दिनुहोस्