राजनीति
काठमाडौं । राष्ट्रपतिको पछिल्लो कदमबारे प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनविद्हरूसँग छलफल थालेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघिबाट छलफल सुरु भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।
राष्ट्रपति विद्यादेवी नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि आगामी कदमबारे प्रधानमन्त्री देउवाले कानुनविद्हरू परामर्श थालेका हुन् । छलफलमा महान्यायधीवक्ता, पूर्व महान्यायधिवक्ता, बार अध्यक्ष तथा संविधानविद्हरू गरेर २० जना भन्दा बढी छन् ।
“अहिले छलफल जारी छ । प्रधानमन्त्रीज्यूले संविधानविद् र कानुनविद्हरूको सुझाव सुनिरहनुभएको छ,” उनले भने ।
प्रकाशित मिति: बुधबार, असोज ५, २०७९ १६:४८
प्रतिक्रिया दिनुहोस्