site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
दुई दलको फरक मतसहित महाअभियोग सिफारिस समितिले बुझायो प्रतिवेदन
SkywellSkywell

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ ।

समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लगाइएका आरोपका विषयमा छानबिन गरी प्रतिवेदन बुझाएको संघीय संसद् सचिवालयले जनाएको छ । जबराविरुद्ध महाअभियोग लगाउन भन्दै आधार र कारण खुलाएर समितिले प्रतिवेदन बुझाएको छ ।

Dabur Nepal
NIC Asia

“२०७८ साल फागुन २२ गते आइतबार नेपालको संविधानको धारा १०१ को उपधारा (३) र (४) एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६२ बमोजिम गठित ११ सदस्यीय महाअभियोग सिफारिस समितिले आज सम्माननीय सभामुख अग्निप्रसाद सापकोटालाई छानबिन प्रतिवेदन बुझाएको छ,” सभामुखको सचिवालयले उल्लेख गरेको छ ।

शनिबार राति बुझाइएको प्रतिवेदनमा दुई दलको आठबुँदे फरक मत समावेश छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसदहरूले फरक मत राखेका हुन् । बहुमतका आधारमा समितिबाट प्रतिवेदन पारित गरिएको थियो ।

आसन्न निर्वाचन तालिकाका कारण शनिबार मध्यराति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य हुने भएपछि हतारहतार प्रतिवेदन तयार पारेर बुझाइएको हो ।

समितिले जबरासित आरोपका विषयमा बयान लिएको थियो । उनले आफूमाथि महाअभियोग लगाइनुपर्ने विशेष कारण नभएको जिकिर गरेका थिए । आफूमाथिको महाअभियोग प्रस्ताव स्वार्थप्रेरित रहेको उनको आरोप थियो ।

उनले बयानका क्रममा विभिन्न व्यक्तिहरूको नाम उल्लेख गरेका थिए । समितिले ती व्यक्तिहरूसित समेत बयान लिएको थियो । त्यसपछि प्रतिवेदन तयार पारिएको हो ।

जबराविरुद्ध गत वर्ष फागुन १ गते संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरिएपछि उनको पदमा निलम्बनमा छ । त्यसपछि उनीमाथिका आरोपका विषयमा छानबिन गर्न प्रतिनिधिसभाबाट प्रक्रियाबमोजिम महाअभियोग सिफारिस समिति गठन गरिएको थियो । गएको साउन २२ गते महाअभियोग प्रस्ताव समितिमा पठाइएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १, २०७९  २२:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro