site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
खुल्यो सुपथ मूल्य पसल : कहाँ के सामग्री पाइन्छ ?
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सरकारले नेपालीको महान् चाड बडादसैँ, तिहार र छठका उपलक्ष्यमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले राजधानी काठमाडौं उपत्यकासहित देशभर सुपथ पसल सञ्चालनमा ल्याएको हो । कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालयबाट दसैँ, तिहार र छठलक्षित सहुलियत पसल सञ्चालन गरिएको छ ।

उक्त सुपथ मूल्य पसलको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले चाडपर्वका बेला हुन सक्ने महँगी र कालोबजारी नियन्त्रण गरी केही हदसम्म भए पनि जनतालाई सहुलियत दिने उद्देश्यका साथ सुपथ पसल सञ्चालन गरिएको बताए ।

Agni Group
NIC Asia

उनले चाडपर्वका बेला दैनिक उपभोग्य बजारमा धेरै किनबेच हुने भएकाले महँगी नियन्त्रण तथा गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराउन बजार नियन्त्रण गर्नु सुपथ पसलको प्रमुख लक्ष्य भएको बताए ।

उद्योगमन्त्री बडूले जनतालाई राहत र सहुलियत प्रदान गर्न अघिल्लो वर्षभन्दा बढी मूल्य सुपथ गरिएको तथा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले दैनिक उपभोग्यवस्तु नुन, चिनीका अलावा खाद्यान्न पनि बिक्री–वितरण गर्ने जानकारी दिए ।

Global Ime bank

यस्तै, दुग्ध विकास संस्थानले पनि सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । टाढाका सेवाग्राहीलाई अनलाइन बिक्रीको व्यवस्था मिलाइएको छ ।

मन्त्री बडूले कम्पनीको सेवालाई अझ प्रतिस्पर्धी र गुणस्तरीय बनाउँदै जनतालाई समयमै अधिकतम सेवा उपलब्ध गराउन निर्देशन दिए । उनले भने, “कम्पनीको सेवा दूरदराजका जनताको पहुँचमा पुर्‍याउन र उनीहरूको सेवामा समर्पित हुने खालका कार्यक्रम अघि बढाउनेतर्फ ध्यान दिन म आग्रह गर्दछु ।”

उनले दुर्गम तथा हिमाली क्षेत्रका खाद्यवस्तुको संकलन र बजारीकरणमा ध्यान दिन पनि आग्रह गरे । बजारको प्रभावकारी अनुगमन गरी खाद्यवस्तुको गुणस्तर कायम राख्न मन्त्रालय सचेत रहेको भन्दै उनले जनशक्ति बढाएर अनुगमनलाई प्रभावकारी बनाइने विश्वास व्यक्त गरे ।

उद्योग मन्त्रालयका सचिव डा. तोयनारायण ज्ञवालीले चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालनसँगै बजार अनुगमन प्रणालीलाई प्रभावकारी बनाइएको बताए । उनले उपभोक्ताले सहज रूपमा खाद्य उपभोग्य वस्तु खरिद गर्न सक्ने हेतुले अनलाइन बिक्रीको व्यवस्था गरिएको जानकारी दिए । सचिव ज्ञवालीले कम्पनीको उपलब्ध भौतिक संरचनाको भरपूर उपयोग गरी दूरदराजका जनतालाई प्रभावकारी सेवा दिन कम्पनीको ध्यानाकर्षण गराए ।

व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले अत्यावश्यक खाद्यवस्तु एकैथलोबाट सहुलियत रूपमा उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालन गरिएको बताए । उनले सुपथ पसल आवश्यकताअनुसार विस्तार गर्ने र वस्तुसेवा बिक्रीलाई सहज तुल्याइने बताए ।

४५ स्थानमा सुपथ पसल
राजधानी काठमाडौंसहित ४१ जिल्लाका ४५ स्थानमा सुपथ पसल एकैपटक सञ्चालनमा ल्याइएको छ । काठमाडौंका थापाथली, रामशाह पथ, ललितपुरको नक्खु र भक्तपुरको सूर्यविनायकमा सुपथ पसल सञ्चालन गरिएको छ ।

आउँदो कात्तिक १५ गतेसम्म सञ्चालन हुने सुपथ पसलमा विभिन्न ३० प्रकारका खाद्यवस्तु बिक्रीका लागि राखिएको छ । प्रत्येक दिन बिहान १० देखि साँझ ५ बजेसम्म सहुलियत पसल सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

सुपथ पसलमा मासुजन्य वस्तुमा प्रतिकिलो १० रुपैयाँ तथा खाद्यान्न सामग्री र तेलमा प्रतिकिलो/लिटर सात रुपैयाँ छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

यी खाद्यवस्तुमा पाइन्छ छुट
खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानसहितको सहभागितामा सञ्चालन हुने सुपथ पसलमा चामल, चिउरा, गेडागुडी, तेल, दाल, मैदा, आँटा, नुन, पनिर, घिउ, खसीबोका र च्यांग्रालगायत सामग्री बिक्रीमा राखिनेछ ।

सुपथ मूल्य पसलमा चामल, दाल, आटा, मैदा, चिउरा र खाने तेलमा प्रतिकिलो तथा प्रतिलिटरमा सात रुपैयाँ छुट पाइनेछ । कर्णाली सिमी तथा गेडागुडीमा प्रतिकिलो १०, जिउँदो खसी, बोका र च्यांग्रामा प्रतिकिलो १० रुपैयाँ छुट पाइने कम्पनीले जनाएको छ ।

नुन किलोमा दुई, घिउ किलोमा ६० र पनिर तथा चिजमा प्रतिकिलो २० रुपैयाँ छुट पाइनेछ ।

दार्चुलाबाट च्यांग्रा ल्याइने
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बजारमा एकाधिकार तोड्दै मूल्य नियन्त्रण गर्न खसीबोका र च्यांग्रा खरिद तथा बिक्री गरिने जनाएको छ ।

कम्पनीका विभागीय प्रमुख भेषनाथ न्यौपानेका अनुसार दसैँलक्षित कार्यक्रमअन्तर्गत यो वर्ष दार्चुलाबाट च्यांग्रा खरिद गरेर बिक्री गरिनेछ । बजार मूल्यलाई सन्तुलन कायम गर्न खसीबोका र च्यांग्राको व्यवस्था गर्न लागिएको उनले बताए ।

कम्पनीले यो वर्ष ४०० च्यांग्रा ल्याउनेछ । निजी व्यापारीले पनि च्यांग्रा बिक्री गर्नेछन् । यस्तै, खसीबोका दुई हजार खरिद–बिक्री गरिनेछ । वीरगन्ज र तुलसीपुरबाट खसीबोका ल्याइनेछ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १, २०७९  १८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय