site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
भारतविरुद्ध ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा, नयाँ विजेता बन्ने पक्का
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालका प्रशिक्षक कुमार थापाले सेमिफाइनलअघि भनेका थिए– सधैँ एउटै टिमले जित्छ भन्ने हुँदैन । हामी काठमाडौंका दर्शकलाई निराश पार्दैनौँ । 

बिहीबार बाह्रखरीसँग भनेको कुरालाई प्रशिक्षक थापाले शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रमाणित पनि गरे । थापाले आफ्नो भनाइलाई सार्थक बनाए । थापाको भनाइमा दुई अर्थ थियो । पहिलो ६ वर्षअघि थापाकै नेतृत्वमा नेपाल सेमिफाइनलमा भारतसँगै हारेको थियो । यसपटक त्यो दोहरिन दिन्नौँ । दोस्रो काठमाडौंमा फुटबलको माहोल गज्जबको छ । त्यो माहोललाई निराश पार्दैनौँ । 

Nepali Women Football (16)1663337736.jpg

Prabhu Bank
Agni Group
NIC Asia

 

उनले आफ्नो प्रतिवद्धता पूरा गरे । थापाले बुनेका योजनालाई नेपालकी फरवार्ड रश्मीकुमारी घिसिङले कार्यान्वन गरिन् । पहिलो हाफको इन्जुरीमा समयमा रश्मीले पेनाल्टी क्षेत्रबाट आत्मविश्वासका साथ हानेको प्रहारलाई भारतकी गोलकिपर आदिती चौहानले बचाउन सकिनन् । रश्मीको त्यही गोल नेपालको जितमा निर्णायक बन्यो । र, त्यो जित ऐतिहासिक बन्यो ।

Global Ime bank

Nepali Women Football (15)1663337735.jpg

 

नेपाली टोलीले रंगशालामा उपस्थित साढे ७ हजार दर्शकलाई निराश पारेन । खुसी बनाएर घर पठायो । त्यतिमात्र होइन सम्पूर्ण खेलप्रेमीलाई गौरवान्वित पनि बनायो । किनकि साफमा नेपालले भारतलाई हराएको यो नै पहिलो हो । र, समग्रमा यो दोस्रोपटक हो । यसअघि २०१९ को हिरो महिला गोल्डकपमा नेपालले भारतलाई २–१ ले हराएको थियो । भारत साफ महिला च्याम्पियनसिपमा हारेको पनि यो दोस्रोपटक हो । 

Nepali Women Football (14)1663337733.jpg

 

नेपालले अब फाइनलमा बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यससँगै भारत पहिलोपटक साफको फाइनलमा हुने छैन । साथै साफ महिला च्यामिपयनसिपले अब नयाँ विजेता पाउने पक्का छ । भारतले यसअघि सबै संस्करणको उपाधि जितेको थियो । त्यही भारतलाई नेपालले घरेलु मैदानमा हराउन सफल भयो । यससँगै दक्षिण एसियाली महिला फुटबलमा भारतको दबदबा तोडिएको छ । 

Nepali Women Football (12)1663337730.jpg

भारत समूह चरणमा बंगलादेशसँग ३–० ले पराजित भएको थियो । सेमिफाइनलमा नेपालसँग पराजित भयो । नेपाल पाँचौँपटक फाइनलमा स्थान बनाउन सफल भयो । २०१६ मा बाहेक नेपालले पनि सबै संस्करणको फाइनल खेलेको छ । 

Nepali Women Football (11)1663337729.jpg

२०१६ मा नेपाल सेमिफाइनलमा भारतसँग ३–१ ले पराजित भएको थियो । नेपाल र भारत सेमिफाइनलमा प्रतिस्पर्धा गरेको त्यो नै पहिलोपटक थियो । अहिले दोस्रोपटक सेमिफाइनलमा प्रतिस्पर्धा गरेको हो । त्यतिबेला पनि नेपालका प्रशिक्षक कुमार थापा नै थिए । अहिले पनि थापा नै प्रशिक्षक छन् । यस अर्थमा थापाले ६ वर्षअघिको बदला लिन सफल भएका छन् । 

Nepali Women Football (17)1663337727.jpg

नेपालले दोस्रो हाफमा पनि गोलका केही राम्रा अवसर सिर्जना गरेको थियो । तर, त्यसलाई सदुपयोग गर्न भने सकेन । ६३औँ मिनेटमा प्रिति राईले पनि पेनाल्टी क्षेत्रबाटै हानेको प्रहार थोरैले बाहिरिँदा नेपाल अग्रता बढाउनबाट चुक्यो । 

Nepali Women Football (10)1663337727.jpg

फाइनल सरह मानिएको खेलका नेपालको अघिल्लो खेलको टिममा एक खेलाडी परिवर्तन गरेको थियो । डेंगीबाट तंग्रिएकी सावित्रा भन्डारी नेपाली टिममा फर्किए पनि पहिलो रोजाइमा भने परेकी छैनन् । नेपालका मुख्य प्रशिक्षक कुमार थापाले प्रीति राईलाई पहिलो रोजाइमा राखेका थिए । प्रीतिले स्थान बानाउँदा रेखा पौडेल बेन्चमा थिइन् ।

Nepali Women Football (13)1663337732.jpg

नेपाल समूह ‘बी को विजेता टोली हो भने भारत समूह ‘ए’ को उपविजेता हो । आजै सम्पन्न पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ८–० ले हराउँदै फाइनलमा स्थान बनाएको छ । बंगलादेशले अब सोमबार उपाधिका लागि नेपालसँग खेल्नेछ । 

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  १९:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय