site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चीनतर्फका दुवै नाका सञ्चालनमा, सामान भित्रिन थालेपछि व्यापारी र उपभोक्तालाई राहत

काठमाडौं । चीनसँग जोडिएको रसुवागढी र तातोपानी नाका सञ्चालनमा आएसँगै नेपालमा धमाधम सामान आउन थालेका छन् । चीनको तिब्बत क्षेत्रमा कोरोनाको जोखिम बढेका भन्दै चीनले साउन २५ गतेदेखि दुवै नाका बन्द गरेको थियो । 

चीनले एकतर्फी रुपमा नाका बन्द गरेका कारण नेपालमा करिब एक महिना कुनै पनि सामान आयात हुन सकेको थिएन । सामान बोकेका कन्टेनरहरु सीमानाकामा रोकिएपछि व्यापारीहरु मर्कामा परेका थिए । 

नेपाल भ्रमणमा रहेका बेला चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले गत बुधबार राष्ट्रपतिसँगको भेटका क्रममा नाका खुल्ने बताएका थिए । त्यसलगत्तै कोरोना भाइरस जोखिम कायम हुँदाहुँदै पनि चीनले नाका खुला गर्ने निर्णय गरेको थियो । 

ली नेपाल भ्रमणबाट फर्केलगत्तै भदौ ३० गते बिहीबारदेखि रसुवागढी नाका सञ्चालनमा आएको हो । यता तातोपानी नाका भने लीको नेपाल भ्रमणभन्दा अघि साउन २५ गतेदेखि नै सञ्चालनमा आएको भन्सार कार्यालयले जनाएको छ ।

रसुवागढी नाका सञ्चालनमा आएको पहिलो दिन १४ वटा कन्टेनर नेपाल भित्रिएका थिए । शुक्रबार २१ वटा कन्टेनर नेपाल भित्रिएका छन् । बिहीबार १४ र शुक्रबार २१ वटा कन्टेनरबाट अधिकांश रेडिमेड फेन्सी सामान आएका छन् ।

नाका खुला भएसँगै व्यापारीहरुलाई ठूलो राहत पुगेको हिमालयन सीमापार व्यापार संघका अध्यक्ष अशोककुमार श्रेष्ठले बताए । नेपालीहरुको महान् चाडबाडको समयमा सामान आपूर्ति नहुँदा व्यापारीमात्र नभएर उपभोक्ता पनि त्यसको मारमा परेका थिए । अब नाका खुलेसँगै सबैलाई राहात पुगेको श्रेष्ठको भनाइ छ ।
 
सामान्य समयमा भन्दा चाडबाडको समयमा किराना, फेन्सी तथा खाद्य पदार्थको माग बजारमा बढी हुन्छ । तर, महिनौँसम्म नाका ठप्प हुँदा आपूर्तिमा समस्या भएर बजारको मागअनुसार सामान पुर्याउन व्यापारीलाई पनि समस्या भएको थियो । चीनसँग जोडिएका दुवै नाका सञ्चालनमा आएसँगै सामान आपूर्तिमा सहज भएको अध्यक्ष श्रेष्ठको भनाइ छ । 

“बजारमा अन्य समयमभन्दा दसैँ, तिहार जस्ता चाडबाडको समयमा किराना तथा फेन्सी सामग्रीको माग धेरै हुन्छ” उनले भने, “नाका बन्दको कारण उपभोक्ताको मागअनुसार सामान आपूर्ति गर्न गाह्रो अवस्था थियो । तर , दुवै पक्षको सरकारबीचमा सहमति भएर नाका खुला हुँदा व्यापारीहरुलाई ठूलो राहत पुगेको छ ।”

अब निरन्तरण रुपमा नाका सञ्चालनमा आएपछि उपभोक्ताको मागसमेत पूरा गर्न सहज हुने श्रेष्ठले बताए ।

“रसुवागढी नाकाबाट दुई दिनमा २८ वटा कन्टेनर नेपाल भित्रिएको छ । यता तातोपानी नाकाबाट कन्टेनर आइरहेका छन्,” उनले भने, “आपूर्ति सहज हुँदा सामान आयातमा सहज हुन्छ । त्यसले गर्दा बजारको माग पूरा गर्न सहज हुन्छ ।”

तातोपानी नाका साउन २५ गतेदेखि बन्द भएको थियो । उक्त नाका बन्द भएको एक महिनापछि भदौ २५ गतेदेखि सञ्चालनमा आएको भन्सार कार्यालयले जनाएको छ । नाका सञ्चालनमा आएको ६ दिनमा फलफूल तथा खाद्य पदार्थ बोकेको २० वटा गाडी नेपाल भित्रिएका छन् ।

तातोपानी नाकाबाट अहिलेसम्म २० वटा गाडीहरुमा स्याउ, अदुवा, खुद्रा सामान नेपाल भित्रिएको तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी लक्ष्मण बास्तोलाले बताए । जसमध्ये स्याउ ४ वटा, लसुन ६ वटा, खुद्रा ५ वटा, २ वटा के्रन, एउटा मेसिन, एउटा ऊन, २ वटा रोल कपडा बोकेको गाडी नेपाल भित्रिएका हुन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  १८:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro