site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नवौँ राष्ट्रिय खेलकुद : खेल नभएपछि आर्मी फाइनलमा
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटतर्फ वर्षाका कारण खेल नहुने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ । सोही कारण त्रिभुवन आर्मी क्लबले सेमिफाइनल नै नखेलेर उपाधि भिडन्त पक्का गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार आर्मी र सुदूरपश्चिम प्रदेशबीच खेल हुने तय थियो । तर, बुधबार रातिको वर्षाका कारण मैदान ‘फिट’ नहुँदा सेमिफाइनल खेल सम्भव भएन । खेल नभएपछि समूह चरणमा हासिल गरेको उत्कृष्ट नतिजाका आधारमा आर्मी फाइनलमा स्थान बनाउन सफल भयो ।

Prabhu Bank
Agni Group
NIC Asia

आर्मी समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । सुदूरपश्चिम समूह ‘बी’को उपविजेता टोली थियो ।

वर्षाका कारण प्रतियोगितामा समूह चरणका २५ मध्ये नौ खेलको मात्र नतिजा सम्भव भयो । बाँकी एकबाहेक अरू खेलमा एक बल पनि खेल्न सम्भव भएन । समूह ‘बी’का वाग्मती प्रदेश र एपीएफ क्लब एक खेल पनि नखेली प्रतियोगिताबाट बाहिरिए ।

Global Ime bank

आज सुदूरपश्चिम पनि सेमिफाइनलको एक बल नखेली प्रतियोगिताबाट बाहिरियो । जारी प्रतियोगितामा यो रद्द भएको १७औँ खेल हो ।

अब आर्मीले फाइनलमा एनआरएनए स्पोर्ट्स एकेडेमी र नेपाल पुलिस क्लबबीचको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल पनि रद्द भएमा एनआरएनए फाइनलमा पुग्नेछ । समूह ‘बी’को विजेताको हैसियतमा एनआरएनए फाइनलमा पुग्नेछ ।

नवौँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा आउँदो असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने नेपाल क्रिकेट संघ (क्यान)ले अयोजना गर्ने नेपाल ट्वान्टी–२० अगाडि नै आयोजना गरिएको हो । यद्यपि, क्यानले बुधबार राति मात्र ट्वान्टी–२० खेल डिसेम्बरमा गर्ने जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  १३:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय