site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
कुख्यात मानव तस्कर बिच्छीको सम्झना : आप्रवासी नै ‘हामीलाई प्लिज लगिदेऊ’ भन्थे

काठमाडौं । इराकको एउटा सपिङ मलमा आमनेसामने  युरोपका कुख्यात मानव तस्कर बार्जान मजिद पनि छन् ।  उनलाई प्रहरीले बेलायतलगायत विश्वका केही देशमा ‘वान्टेड’ सूचीमा राखेको छ ।

हाम्रो कुराकानीको सिलसिलामा मलमा र पछिल्लो दिन उनको कार्यालय दुवै स्थानमा उनले अंग्रेजी च्यानलबाट कति आप्रवासीलाई पार गराएँ भन्ने कुराको आफूलाई जानकारी नभएको बताए ।

“हुन सक्छ एक हजार, १० हजार । मलाई थाहा छैन, मैले गनिन” उनले भने । यो बैठक केही महिनाअघि असम्भव प्रतित हुने काम थियो । साथमा रब लरी थिए । जो पूर्वसैनिक हुन् उनी शरणार्थीको लागि काम गरिरहेका छन् । मैले पत्ता लगाउने प्रयास गरेँ । स्कोर्पियन (बिच्छी) नामले चिनिने त्यो व्यक्तिलाई प्रश्न गरियो ।

Dabur Nepal
NIC Asia

केही वर्ष उनी र उनको समूहले अंग्रेजी च्यानलमा डुंगा र लरीमार्फत मानव तस्करी गर्यो । सन् २०१८ यता ७० भन्दा बढी आप्रवासी अंग्रेजी च्यानल डुंगाबाट पार गर्ने क्रममा ज्यान गुमाउन बाध्य भए । गत महिना फ्रेन्च तटमा सात वर्षीय बालकसहित पाँचजना मानिस मारिए । यो खतरनाक मार्ग हो । तर, तस्करको लागि निकै आकर्षक क्षेत्र हो ।

डुंगाबाट पार पाउनका लागि त्यहाँ हरेक व्यक्तिसँग ६ हजार पाउन्ड लिने गरिएको थियो । र, झन्डै ३० हजार मानिसले २०२३ मा पार पाउने प्रयास गरे । यसबाट हुने फाइदा प्रष्टै छ । उत्तरी फ्रान्सको कलइसनजिक रहेको आप्रवासी शिविरमा भेटिएकी एक बालिकाबाट हाम्रो चाख स्कोर्पियनतर्फ गएकी थिइन् ।

जब प्रहरीले बेलायतमा अवैध आप्रवासीलाई पक्र्यो, उनीहरूले तिनीहरूको मोबाइल फोन अनुगमन गरे । २०१६ पछि उही नम्बर सबैको मोबाइलमा देखिइरहेको थियो । अक्सर त्यो नम्बर स्कोर्पियनको नामबाट राखिएको हुन्थ्यो । कतिपय समयमा स्कोर्पियनको तस्बिरमा पनि सेभ गरेको हुन्थ्यो । यूकेको राष्ट्रिय अपराध एजेन्सी (एनसीए)का वरिष्ठ अनुसन्धान अधिकृत मार्टिन क्लार्कले हामीसँग भने कि अधिकारीहरूले स्कोर्पियनलाई कुर्दिस इराकी मानिस मजिद हुन् भनेर बुझन थालेका थिए ।

२००६ मा २० वर्षको हुँदा मजिद आफैँले आफैँलाई एउटा लरीको पछाडि बसेर बेलायतमा तस्करी गरेका थिए । अस्वीकारका बावजुद एक वर्ष बेलायतमा बसेपछि उनीहरूमध्ये केहीलाई बन्दुक र लागुऔषधको कारोबारमा बेलायतमा थुनिएको थियो । त्यसैले थप केही वर्ष त्यही बस्नुपर्यो । उनलाई अन्त्यमा २०१५ मा इराकमा डिपोट गरियो । त्यसलगत्तै उनका दाइको मानव तस्करीको व्यापारमा मजिदलाई उत्तराधिकारी बनाइएको विश्वास गरिन्छ । त्यतिबेला उनको दाइ चाहिं बेल्जियममा जेल जीवन बिताइरहेका थिए ।

त्यसपछि मजिद स्कोर्पियन भएका थिए । २०१६ र २०२१ को बीचमा स्कोर्पियनको ग्यांगले युरोप र बेलायतबीचको मानव तस्करीको व्यापार नियन्त्रणमा लिएको थियो । दुई वर्षसम्मको अन्तर्राष्ट्रिय प्रहरीको अपरेसनपछि सो ग्यांगका २६ जनालाई बेलायत,.फ्रान्स र बेल्जियमको अदालतमा लगिएको थियो ।  बेल्जियन अदालतमा १२१ मानिसको तस्करी गरेकोकोमा स्कोर्पियन दोषी ठहरिए । अक्टोबर २०२२ मा उनलाई दश वर्ष जेल तोक्नुका साथै ९ लाख ६८ हजार पाउन्ड जरिबाना तोकियो ।

त्यसपछि स्कोर्पियन कहाँ छन् भन्ने कुराको जानकारी थिएन । त्यो रहस्यलाई हामीले तोड्न चाह्यौँ । रबसँगको एउटा सम्पर्कको आधारमा एक इरानी मानिससँग भेट भयो । उनले आफूले अंग्रेजी च्यानल पार गर्ने क्रममा स्कोर्पियनसँग डिल गरेको बताएका थिए । स्कोर्पियनले इरानीलाई आफू टर्कीको भएको बताएका थिए । उनले त्यहाँबाट आफ्नो बिजनेसलाई दुर्गमबाटै चलाइरहेका थिए । हामीले बेल्जियममा मजिदका दाइलाई पनि ट्रयाक गर्यौं ।

उनी अहिले जेलभन्दा बाहिर छन् । उनले पनि स्कोर्पियन टर्कीमा नै हुने संभावना औंल्याए । धरैजसो बेलायततिर जान लागेका आप्रवासीलाई टर्की भेला हुने एउटा महत्त्वपूर्ण स्थल हो । किनकी यसको आप्रवासी कानुनअनुसार अफ्रिका, एसिया र मध्यपूर्वबाट यो देशमा भित्रिने भिसा पाउन केही सजिलो छ ।

मानव तस्कर मजिद हालै त्यहाँ पटकपटक भेटिएको भन्ने एउटा सूचनाका आधारमा हामीलाई इस्तानबुलस्थित एउटा क्याफेमा पुर्यायो । लगत्तै एकजना मानिस हाम्रो टेबल हुँदै पास भयो र उसले आफ्नो ज्याकेटको जिपर खोल्यो । उसले त्यसो गर्नुको मतलब उसँग बन्दुक रहेको देखाउन चाहन्थ्यो । त्यसो गर्नु भनेको खतरनाक व्यक्तिसँग व्यवहार गरिरहेको बुझिन्छ ।

हाम्रो दोस्रो स्टपले केही बढी आशाजनक नतिजा प्राप्त गरायो । हामीलाई भनियो कि मजिदले हालै एक लाख ७२ हजार पाउन्ड केही स्ट्रीट टाढा मनि एक्सचेन्जमा डिपोजिट गरेको भनियो । हामीले आफ्नो नम्बर त्यहाँ छोड्यौँ । हामीले फोनमा सम्पर्कको प्रयास गरे पनि सम्भव भएन । पछि सुनेअनुसार उनी टर्कीबाट ग्रीस र इटालीमा मानव तस्करी गर्न संलग्न भएको जानकारी पाइयो ।

हामीलाई एउटा कुरा सुनेर विचलित बनायो । त्यो थियो १२ जना मात्र चढ्नका लागि लाइसेन्स लिएको याच्स (मोटर बोट) १०० पुरुष, महिला र केटाकेटी बोकेर गइरहेको छ । त्यस्ता याचहरू अनुभव नभएका व्यक्तिले कोस्टगार्डको निगरानी छल्न खतरनाक मार्गबाट लग्ने गरेको जनाइएको थियो ।

तिनमा चढ्ने हरेक व्यक्तिले १० हजार युरो तिरेको सुनिएको थियो । गएका १० वर्षमा सात लाख २० हजारभन्दा बढी मानिस युरोप जानको लागि पूर्वी मेडिटरेनियन पास गरेको जनाइएको थियो । करिब दुई हजार ५०० डुबेर मरेका थिए । लग्ने मानिसलाई उनीहरू मरुन् कि बाँचुन् भन्ने कुरामा त्यति मतलब नदेखिने गरेको च्यारिटीमा संलग्नहरूको भनाइ थियो ।

हामीसँगको फोनको कुराकानीमा स्कोर्पियनले पनि डुबेका मानिसप्रति सहानुभूति देखाएका थिए । हामी अर्को स्टप मार्मारिजस्थित रिसोर्ट थियो । जहाँ टर्कीको प्रहरीले स्कोर्पियनको एक भिल्ला भएको आफूहरूले सुनेको जनाएका थिए । उसको मित्रवत् सम्बन्ध कोहीसँग छ कि भनेर हामीले सौध्यौँ । एक महिलाले मजिद मानव तस्करीमा रहेकोले ऊ तनावमा पैसाको बारेमा मात्रै हुने गरेको र आप्रवासीको भाग्य सम्बन्धमा कुनै मतलब नभएको जनाएकी थिइन् ।

“उसले उनीहरूको मतलब गर्दैन । यो दुखको कुरा हो । हो कि होइन ?” उनले भनिन् । उनले आफूले उसलाई भिल्लातिर नदेखेको र उ इराकमा पुगेको सुनेको जनाइन् । अर्को सम्पर्कले स्कोर्पियन इराकको कुर्दिस्तानको सुलायमानियाहमा मनी एक्सचेन्ज गर्ने स्थानमा देखेको जनाएको थियो ।

मेसेजमा रबसँग कहाँ कुरा गर्ने भनेर कुरा नमिलिरहेको बेलामा अन्त्यमा मलमा स्कोपिर्यनसँग मलमा भेट्ने तय भएको थियो । मजिद गल्फर जस्तो स्मार्ट ड्रेस लगाएर आएका थिए । जब उनले टेबलमा हात राखे । नजिकै तीनजना उनको सुरक्षा टोली जस्तो लाग्ने व्यक्ति पनि बसे । आफू ठूलो ग्यांग लिडर नभएको अरुले त्यस्तो देखाएको उनको भनाइ थियो ।

पक्राउ परेका मानिसले कम जेल भोग्नका लागि आफ्नो लागि काम गरेको देखाउने गरेको उनले जनाएका थिए । उनले अन्य व्यक्तिले बेलायती पासपोर्ट पनि पाएको र उनीहरू तस्करी गरिरहेको भनेर तितो समेत पोखेका थिए । तीन दिनमा एकजनाले १७० देखि १८० मानिसलाई टर्कीबाट इटाली पठाएको र उसले अहिले पनि बेलायती पासपोर्ट बोकिरहेको उसको भनाइ थियो ।

आफूलाई पनि विजनेस गर्न अन्य मुलुकमा जान मन लागेको भए पनि नसकेको उनी बताइरहेका थिए । उनले आफूले कसैलाई पनि डुंगामा नचढाएको र कसैलाई पनि नमारेको पनि दाबी गरे ।  संवाद सकिएपछि आफूले चलाइरहेको मनि एक्सचेन्ज हेर्न आउनका लागि उनले रबलाई निम्तो दिएका थिए । रब त्यहाँ पुग्दा एकजना व्यक्ति बाकसभरी पैसा लिएर बसेको थियो । “कसैले आप्रवासीलाई जबर्जस्ती नगरेको उनीहरू नै जान इच्छुक भएको हो” स्कोर्पियन भनिरहेका थिए । उनीहरूले आफूहरूलाई ‘प्लिज प्लिज हाम्रो लागि त्यति गर्देऊ’ भन्दै अनुरोध गर्ने गरेको जनाए ।

(बीबीसीमा रिपोर्टरको डायरी शैलीमा लेखिएको रिपोर्टमा आधारित)

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ०६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro