site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
महानगरले कच्ची घर-टहरा भत्काएपछि सुरु भयो जडीबुटीमा ६ लेन सडक विस्तार  
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाले जडीबुटीस्थित सडकबीचका घर–टहरा भत्काएपछि ६ लेन सडक निर्माणको बाटो खुलेको छ । 

महानगरले भत्काएका संरचना हटाइदिएपछि सडक विभागले ६ लेन सडक निर्माणको काम सुरु गरेको छ । महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको टोलीले सोमबार साँझ सडकको बीचमा भएको कच्ची घर र टहरा भत्काएको थियो । 

सडक विभागका प्रमुख अर्जुनजंङ थापाले विभागको समन्वयमा महानगरले घर टहरा भत्काएपछि आफूहरुलाई ६ लेन सडक निर्माणको बाटो खुलेको बताए । सो क्षेत्रमा सडक विस्तारको काम सुरु भइसकेको उनले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

“सडकबीचमा रहेको घरको मुआब्जा पहिले नै दिइसकेपछि पनि घरधनीले भत्काउन दिएकी थिइनन् । इँटाको घरसँग टाँसेर वरिपरि टहरा निर्माण गरिएको थियो । मुआब्जा लिन बोलाउँदा त्यो क्षेत्रका गुण्डाहरुले थर्काउँथे । गुण्डाहरुले अवैध टहरा निर्माण गरेर भाडा उठाउँदै आएका थिए । अहिले महानगरले सबै हटाएर सहजीकरण गरिदिएको छ । भत्काएकै पछिल्लो दिनदेखि सडक विस्तार सुरु गरिसक्यौँ,” प्रमुख थापाले भने । 

कोटेश्वर–जडिबुटी क्षेत्र काठमाडौंको कलंकीपछिको अत्यधिक सवारी चाप र जाम हुने क्षेत्र हो । यो क्षेत्रको जाम घटाउन अनेकौँ प्रयासहरु हुँदै आए पनि अहिलेसम्म सवारी चाप कम हुन सकेको छैन । 

Global Ime bank

विभागका अनुसार २०६१ सालमा जापानिज कम्पनी जाइकाको सहयोगमा माइतीघर–सूर्यविनायक सडक विस्तार अन्तर्गत ६ लेन सडक विस्तार सुरु गरिएको थियो ।

कच्ची घरधनी माइली खत्रीले मुआब्जा नपाएको भन्दै सर्वोच्च अदालनमा मुद्दा दायर गरेकी थिइन् । २०७१ फागुन १९ गते सर्वोच्च अदालतले जग्गाको मुआब्जा पाइसकेको र घर जग्गा सरकारको स्वामित्वमा रहेको फैसला गरेको थियो ।  

न्यायाधीश गोपाल पराजुली र देवेन्द्रगोपाल श्रेष्ठको संयुक्त इजलासले मुआब्जा तथा उचित क्षतिपूर्ति दिइसकेको अवस्थामा सडक बिस्तारको काम रोक्न नमिल्ने फैसला सुनाएको थियो ।

घर भएको ठाउँको २.४ मिटर जग्गा मात्रै घरधनीको दाबीमा रहेको विभागका प्रमुख थापाले जानकारी दिए । “घरधनीको स्वामित्वमा २.४ मिटर मात्रै छ । अन्य बाँकी घरको मुआब्जा बाँकी छैन । २.४ मिटरमा विभागले केही पनि गरेको छैन । दुई मिटरको पनि मुआब्जा लिन बोलाएका छौँ । उहाँहरु आउनुभएको छैन्,” उनले भने । 

तर, सो क्षेत्रमा घर जग्गाको मुआब्जा विवादका कारण लामो समयदेखि ६ लेन सडक विस्तार हुन सकेको थिएन । ६ लेन सडक विस्तार भइसकेपछि सवारी आवागमनमा केही सहजीकरण हुने विभागले जनाएको छ । । 

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले आफूहरुलाई आएको निर्देशन अनुसार घर–टहरा भत्काएको बताए । 

पछिल्लो समय महानगरले सरकारी जग्गा अतिक्रमण गरेर अवैध रुपमा सञ्चालन गरेका घर टहरामा डोजर चलाउँदै आएको छ । कोटेश्वर, जडीबुटी, तीनकुने, सुनधारा, न्युरोड, दरबारमार्ग, नयाँ बसपार्क, गोंगबु, बनस्थली, माछापोखरी, पशुपति गौशला क्षेत्रका अवैध संरचना हटाएको छ । 

पार्किङ प्रयोजन देखाएर अण्डरग्राउण्ड क्षेत्रमा व्यापारिक पसल राख्दा सो क्षेत्रमा पनि महानगरको डोजर चलेको छ । हाल ५० भन्दा बढी ठाउँको अण्डरग्राउण्ड खाली गरेको नगरप्रहरी प्रमुख पाण्डेले बताए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  १८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement