site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जबरालाई पूरक प्रश्न सोध्नेबारे निर्णय लिन महाभियोग सिफारिस समिति बैठक बस्दै
SkywellSkywell

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पूरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिन महाभियोग सिफारिस समितिको बैठक बोलाइएको छ । समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिने क्रम सकिएपछि पूरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिन आज पुनः बैठक बोलाइएको समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले जानकारी दिएका छन् ।

“अहिलेसम्म बयानका क्रममा उहाँले उल्लेख गर्नु भएको कुराहरूलाई रेकर्डमा उतार्छौं । त्यसको आधारमा पूरक प्रश्नका लागि उहाँलाई बोलाउने भन्ने कुरा भएको छ । बसधबार बिहान ९ बजे समितिको बैठक छ । सो बैठकले यस विषयमा थप स्पष्ट पार्छ,” उनले भने ।

Dabur Nepal
NIC Asia

जबरालाई सोध्न समितिले ४३ वटा प्रश्नावली तयार गरेको थियो । मंगलबारको बैठकमा प्रश्न नम्बर ३६ देखि ४३ नम्बरसम्मको प्रश्नको जवाफ लिने काम भएको समितिको जनाएको छ ।

प्रवक्ता गौतमका अनुसार निलम्बित प्रधानन्यायाधीश जबराले बयानको क्रममा आरोप लगाएका व्यक्तिहरूलाई पनि आवश्यक्ता अनुसार बयान लिने समितिको योजना छ ।

यसैबीच, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले भने महाभियोग सिफारिस समितिका सबै बैठकहरू प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाउन समितिसँग माग गरेको छ ।

यसअघिका बैठकका निर्णयहरू गलत ढंगले आम सञ्चार माध्याममा प्रसारण भएकाले त्यसो हुन नदिन अबका सबै बैठकहरू प्रत्यक्ष प्रसारण हुने व्यवस्था मिलाउन आफूहरूले माग गरेको एमालेका उपाध्यक्ष एवम् समितिका सदस्य विष्णु पौडेलले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  ०५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu