काठमाडौं । महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोड रुपैयाँ धनराशिको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको छ । मंगलबार गैरआवासीय नेपाली संघ र बीबी फाउन्डेसनको संयुक्त पहलमा काठमाडौंमा एक कार्यक्रम आयोजना गरी पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोड रुपैयाँको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा पुरस्कार ग्रहण गर्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनले आविष्कार केन्द्रलाई माथिल्लो स्तरमा पुर्याउन आवश्यक रहेको बताए । उाले एउटा मात्रै आविष्कार केन्द्रहरू नभई धेरै भन्दा धेरै आविष्कार केन्द्र खोल्नुपर्ने बताए । आविष्कार केन्द्रहरू खोलेर देशको अर्थतन्त्र सुधार्न सके देशलाई कसैले पनि हेप्न नसक्ने उनको भनाइ छ ।
देशमा नयाँ प्रविधिको विकास भएको खण्डमा नेपालीहरू रोजगारीका लागि बाध्य भएर विदेश जानुनपर्ने बताए । उनले आविष्कार केन्द्रहरूलाई उच्च प्राथमिकता नदिने हो भने देशको उन्नति कहिल्यै नहुने दाबी गरे ।
अध्यक्ष पुनले हाइवे, एयरपोर्ट र विश्वविद्यालय मात्रै खोलेर देशको अर्थतन्त्र सुधार हुन नसक्ने बताए । उनले अर्थतन्त्र बिग्रिएमा सबै क्षेत्रमा तहसनहसको अवस्था बन्ने बताए ।
कार्यक्रममा ओसो तपोवन नेपालका संस्थापक स्वामी आनन्द अरूणले नेपाल प्रत्येक वर्ष गरिब बन्दै गएको बताए । उनले दक्षिण एसियामा विकासको ठुलो नारा दिएपनि सबैभन्दा गरिब मुलुकमा स्थपित रहेको दाबी गरे ।
बीबी फाउन्डेसनका अध्यक्ष एवं गैरआवसीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले १० औँ सम्मेलनका अवसरमा उक्त पुरस्कारको घोषणा गरेका हुन् । ‘भवन कीर्ति रत्न’ पुरस्कार हरेक दुई–दुई वर्षमा प्रदान गरिन्छ ।
न्युज एजेन्सी नेपालबाट ।