site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
पहाडी जिल्लामा खटिने चिकित्सकलाई डेढ लाखसम्म प्रोत्साहन भत्ता बाँड्दै प्रदेश १
फाइल तस्बिर।
SkywellSkywell

काठमाडौं । प्रदेश १ सरकारले जिल्ला अस्पतालमा काम गर्ने विशेषज्ञ चिकित्सकहरुलाई मासिक ६० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म प्रोत्साहन भत्ता दिने भएको छ । ११ वटा पहाडी जिल्लालाई लक्षित गर्दै प्रदेश स्वास्थ्य मन्त्रालयले यस्तो निर्णय गरेको हो । 

उक्त कार्यक्रमका लागि मन्त्रालयले ‘विज्ञेषज्ञ चिकित्सक प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि २०७९’ तयार पारेको छ । कार्यविधिअनुसार प्रदेश सरकारले ११ वटा जिल्ला अस्पतालमा काम गर्ने आठदेखि ११ औँ तहका विशेषज्ञ चिकित्सकलाई अधिकतम १ लाख ५० हजारसम्म प्रोत्साहन भत्ता उपलब्ध गराइनेछ । यो कार्यविधि २०७९ भदौदेखि चालु अर्थिक वर्षको असार मसान्तसम्म लागु हुने जनाइएको छ । 

“प्रदेश १ सरकारले स्वास्थ्य मन्त्रालयअन्तर्गत सञ्चालित सरकारी स्वास्थ्य संस्थामा दिइने स्वास्थ्य सेवालाई गुणस्तरीय, प्रभावकारी एवं उपलब्धिमूलक बनाउन विशेषज्ञ चिकित्सकहरुको मनोबल बढाइ सेवा प्रवाहमा थप जिम्मेवारीका साथ विशिष्ट चिकित्सकीय सेवा प्रदान गर्न प्रोत्साहन भत्ता उपलब्ध गराउन लागिएको” कार्यविधिमा उल्लेख छ ।

Dabur Nepal
NIC Asia

चिकित्सकलाई जिल्लाअनुसार भत्ता, कुनमा कति ? 

कार्यविधिअनुसार प्रोत्साहन भत्ता कार्यक्रम ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, तेह्रथुम, धनकुटा र उदयपुरमा लागु हुनेछ । 

उल्लेखित जिल्लामध्ये संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, ताप्लेजुङ, तेह्रथुम र पाँचथर जिल्लाका अस्पतालमा काम गर्ने ११ औँ तहका चिकित्सकलाई मासिक अधिकतम १ लाख ५० हजार तथा नवौँ र दशौँ तहका चिकित्सकलाई अधिकतम १ लाख ३५ हजार तथा आठौँ तहका चिकित्सकलाई अधिकतम १ लाख २० हजार रुपैयाँ प्रोत्साहन भत्ता उपलब्ध गराइने छ । 

त्यस्तै, धनकुटा, उदयपुर र इलाम जिल्ला अस्पतालमा खटिने ११ औँ तहका चिकित्सकलाई ७५ हजार, नवौँ र दशौँ तहका चिकित्सकलाई ६८ हजार र आठौँ तहको चिकित्सकलाई ६० हजार रुपैयाँ मासिक प्रोत्साहन भत्ता उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ ।

करारका चिकित्सकलाई पनि भत्ता

प्रदेश स्वास्थ्य मन्त्रालयले तयार गरेको कार्यविधिअनुसार प्रदेश करार र छात्रवृत्ति करारमा कार्यरत चिकित्सकले पनि प्रोत्साहन भत्ता पाउनेछन् । संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, ताप्लेजुङ, तेह्रथुम र पाँचथर जिल्ला अस्पतालहरुमा खटिने प्रदेश र छात्रवृत्ति करारका ११ औँ तहका चिकित्सकले मासिक ७५ हजार, नवौँ र दशौँ तहका चिकित्सकले ६८ हजार रुपैयाँ प्रोत्साहन भत्ता पाउनेछन् । 

त्यसैगरी, धनकुटा, उदयपुर र इलाममा खटिने करारका ११ औँ तहका चिकित्सकले ३८ हजार, नवौँ र दशौँ तहका चिकित्सकले ३४ हजार रुपैयाँ प्रोत्साहन भत्ता पाउने कार्यविधिमा उल्लेख छ । कार्यविधिअनुसार झापा, मोरङ र सुनसरीमा खटिने चिकित्सकले भने प्रोत्साहन भत्ता पाउने छैनन् ।

यस्तो छ कार्यविधि : 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  १२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro