site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ब्ल्याक एन्ड डेकरको ‘डबल डिलाइट’ योजना सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिकन ब्रान्ड ब्लाक एन्ड डेकरले दसैँ–तिहारलाई लक्षित गरी ‘डबल डिलाइट’ नामक योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकहरूले ब्ल्याक एन्ड डेकरको साना होम एप्लायन्सहरूको खरिद गर्दा ‘स्योर सट’ उपहार पाउनुका साथै लक्की ‘ड्र’मा पनि सहभागी हुन पाउनेछन् ।

लक्की ड्रमार्फत एक भाग्यशाली ग्राहकले एलजीको ५५ इन्चको ओलेद टीभी, एक भाग्यशाली ग्राहकले दुबई टुर प्याकेज, दुई भाग्यशाली जोडीले मेघौली सेराइ टुर प्याकेज र साप्ताहिक उपहारस्वरूप चार भाग्यशाली ग्राहकले ब्ल्याक एन्ड डेकरको कार भ्याकुम क्लिनर जित्न सकिने कम्पनीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, स्योर सट उपहारस्वरूप ग्राहकले ब्ल्याक एन्ड डेकरको एअर फ्राएर, ब्लेन्डर, ग्राएन्डर, जुसर, फुड प्रोसेसर, मिट मिन्सर, टोस्टर ओभन, भ्याकुम क्लिनर र ओएफआर हिटरको खरिदमा अन्तर्राष्ट्रिय ब्रान्डको पर्फ्युम निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

एअर ह्युमिडिफायरको खरिदमा एभरेस्ट अरोमाको अरोमा किट (ओएल) निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

Global Ime bank

गार्मेन्ट स्टीमरको खरिदमा गुणस्तरीय किचेन एप्रोन निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

ब्ल्याक एन्ड डेकरको आकर्षक उपहार योजनाका साथै यसका सबै सामानहरूमा आकर्षक छुट पनि रहेको छ ।

यो योजना यही भदौ १६ गतेदेखि सीमित अवधिका लागि नेपालभर लागु हुने कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  १६:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !