site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
माइडियाले ल्यायो वाइफाइ रेफ्रिजेरेटर, घरबाहिरबाट पनि 'कन्ट्रोल' गर्न सकिने

काठमाडौं । घरेलु उपकरण निर्माता माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले नयाँ रेफ्रिजेरेटर नेपालमा ल्याएको छ ।

आधुनिक किचेनको लागि डिजाइन गरिएको साइडबाइसाइड र मल्टी डोर (चार ढोका) भएको माइडिया रेफ्रिजेरेटर सीजी इलेक्ट्रोनिक्सले सार्वजनिक गरेको हो ।

आकर्षक, कम्प्याक्ट र फ्ल्याट डिजाइन रहेका यी रेफ्रिजेरेटरलाई एमस्मार्टहोम एपमार्फत कन्ट्रोल गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अफिस, घुम्न गएका बेला वा घर बाहिर हुँदा पनि सजिलै आफ्नो रेफ्रिजेरेटर कन्ट्रोल गर्न सकिनेछ ।

इन्भर्टर क्वाट्रो मोटर कन्ट्रोल सिस्टम रहेका माइडिया वाइफाइ रेफ्रिजेरेटरले उर्जाको उपयुक्त उपयोग गरी बिजुलीको लागत घटाउँदै लामो समयसम्म खानाको ताजापन सुनिश्चित गर्ने कम्पनीको भनाइ छ ।

रेफ्रिजेरेटरमा कन्भर्टिबल अप्सन रहेको र यसले ग्राहकलाई आवश्यकताअनुसार एक बटन थिचेर फ्रिजरलाई फ्रिजमा परिवर्तन गर्न सक्ने सुविधा रहेको कम्पनीले जनाएको छ। रेफ्रिजेरेटरमा साइडबाइसाइड ४८२ लिटर क्षमता र मल्टिडोर ५१९ लिटर क्षमतामा रहेको कम्पनीले बताएको छ।

१० वर्षसम्मको वारेन्टी रहेको रेफ्रिजेरेटर नेपालभर रहेका २५० भन्दा बढी डिलर तथा सोरुमबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro