site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रेमका खातिर शाही सेवा–सुविधा त्याग्दै जापानी राजकुमारी माको

काठमाडौं । जापानकी राजकुमारी माकोले सामान्य परिवारका एक युवासँग शाही सेवा–सुविधा त्याग्दै प्रेमका खातिर बिहे गर्ने भएकी छिन् । राजाको अनुमतिपछि पत्रकार सम्मेलन गर्दै यसको औपचारिक घोषणा गरेकी राजकुमारी माकोले आफ्ना प्रेमी केइ कुमुरोसँग बिहे गर्ने घोषणा गरेकी हुन् । उनको यो घोषणासँगै विवाहको लागि प्रक्रिया अघि बढ्नेछ साथै उनको राजशी पद पनि गुम्नेछ ।

तर यस विषयमा आफूलाई केही पीर वा पश्चाताप नभएको राजकुमारी माकोले प्रष्ट पारेकी छिन् । उनले आफू कुमुरोको सूर्यजस्तै चम्किलो हाँसोबाट प्रभावित भएको पनि बताएकी छिन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“मलाई मेरो बाल्यकालदेखि नै थाहा थियो कि मैले बिहेपछि आफ्नो शाही पद गुमाउनेछु । मैले आफ्नो पितासँग रहँदा शाही परिवारको सदस्यको भूमिका मैले भ्याएसम्म निर्वाह गरेको थिएँ,” राजकुमारी माकोले भनिन् ।

यसका साथै अब राजकुमारी माको र उनका प्रेमी कुमुरोले आउँदो मे महिनामा इन्गेजमेन्ट गर्ने बीबीसीले जापानी स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै जनाएको छ ।

२५ वर्षिया राजकुमारी माकोको २५ वर्षिया प्रेमी एक कानुनी फर्ममा काम गर्दछन् । राजकुमारी माको र कुमुरोबीच पाँच वर्षअघि एउटै विश्वविद्यालयमा पढ्दा भेट भएको थियो ।
जापानको शाही कानुनमा राजपरिवारका कुनै महिला सदस्यले सामान्य पुरुषसँग विवाह गरे राजपरिवारको हैसियत गुमाउने प्रावधान छ । निकै विवादास्पद मानिएको यो कानुनले राजपरिवारका पुरुषलाई भने कुनै प्रतिबन्ध लगाएको छैन ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १९, २०७४  २२:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro