देश
काठमाडौं । जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका अभिनेता पल शाह (पूर्णविक्रमा साह)को मुद्दाको पेसी स्थगित भएको छ । तनहुँ जिल्ला अदालतमा पेसी न्यायाधीश दलबहादुर केसीको इजलासमा परेकोमा उनी अनुपस्थित भएकाले स्थगित भएको हो ।
शाहविरुद्ध ०७८ चैत ८ गते नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ जिल्ला अदातलमा मुद्दा दर्ता भएको थियो । आज नियमित सुनुवाइका लागि पेसी तोकिएको थियो।
उनीविरुद्ध नवलपुर जिल्ला अदालत र तनहुँ जिल्ला अदालतमा जबरजस्ती करणीको अभियोगमा मुद्दा चलिरहेको छ । सोही मुद्दामा उनी अहिले पुर्पक्षका लागि तनहुँ कारगारमा छन् ।
प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९ १६:४४
प्रतिक्रिया दिनुहोस्