site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
त्रिवि पदाधिकारी असुरक्षित, मागे निजी सुरक्षा अधिकृत
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडाैं । आफूहरूमाथि भौतिक आक्रमणको खतरा रहेको भन्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिष्ट्रारले निजी सुरक्षा अधिकृत (पीएसओ) माग गरेका छन् ।

त्रिवि उपकुलपति कार्यालयद्वारा गृहमन्त्रीसमक्ष पेस गरिएको एक निवेदनमा तीनै जना त्रिवि पदाधिकारीलाई दैनिक फोन गरी धम्क्याउने, गाली बेइज्जती गर्ने, सडकको बीचमा बसी आक्रमण गर्ने शैलीमा प्रस्तुत हुने, प्रचलित कानुनले निषेध गरेका शब्दहरू प्रयोग गरी मोबाइलमा सन्देश पठाउने तथा कार्यालय प्रवेशमा अवरोध गर्ने काम निरन्तर गरिएको उल्लेख छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“दैनिक कार्यालय र सार्वजनिक काममा उपस्थित हुँदासमेत भौतिक रूपमा नै आक्रमण हुने सम्भावना रहेकाले त्रिवि उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारलाई दुई/दुई जना निजी सुरक्षा अधिकृत (पीएसओ) को व्यवस्था गरिदिइ शान्तिपूर्ण रूपमा काम कारबाही गर्ने वातावरण मिलाई दिनुहुन अनुरोध गर्दैछाैँ,” विज्ञप्तिमा उल्लेख छ ।

पत्रको बोधार्थ प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति र शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपतिलाई समेत दिइएको छ ।

Royal Enfield Island Ad

आइतबार मात्रै त्रिवि परिसरमा पत्रकार सम्मेलन गर्दै त्रिवि पदाधिकारीहरूले तालाबन्दी र तोडफोड निरन्तर गरिएका कारण आफूहरूलाई काम गर्नै कठिन भएको र अप्रिय निर्णय लिनुपर्ने अवस्था सिर्जना भएको बताएका थिए ।

त्रिवि उपकुलपति कार्यालयमा विभिन्न माग राखी विद्यार्थी सङ्गठनहरूले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । यीमध्ये कतिपयले औपचारिक रूपमा शैक्षिक माग उठाए पनि पदाधिकारीले भेट्दा क्याम्पस प्रमुख र डिनको नियुक्ति जस्ता कुरामा अनावश्यक दबाब दिइ त्रिविलाई लामो समयसम्म तालाबन्दीमा राखेको भनाइ त्रिवि नेतृत्वको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  ००:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro