काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयको तालाबन्दी लगायतका समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकारलाई रुलिङ नगरे सदन चल्न नदिने चेतावनी दिएको थियो ।
एमाले सांसद प्रदीप ज्ञवालीले त्रिविमा भएको घटनाका विषयमा कुलपति, उपकुलपति र गृहमन्त्रीसमेत केही नबोलेको भन्दै आक्रोश पोखेका थिए । त्यसपछि सभामुखले समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।
“त्रिभुवन विश्वविद्यालयमा भएको तालाबन्दी लगायतका विरोध कार्यक्रमले विश्वविद्यालयको शैक्षिक गतिविधि प्रभावित हुन गएको भन्ने विषयमा माननीय सदस्यले कुुरा उठाउनुभएको छ । सभाको गम्भीर ध्यानाकर्षण भएको छ,” सापकोटाले भने, “तसर्थ यो समस्या समाधान गर्न नेपाल सरकारलाई निर्देश गर्छु ।”