देश
तुलसीपुर । राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट सडकखण्डमा पहिरो जाँदा आवतजावत ठप्प भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लका अनुसार तुलसीपुर उपमहानगरपालिका–३ स्थित साततलेमा पहिरो खस्दा आज बिहानैदेखि आवतजावत ठप्प भएको छ ।
“त्यस ठाउँमा विभिन्न तीन÷चार ठाउँमा पहिरो गएको छ, हटाउने काम भइरहेको छ”, उनले भने, “पहिरो खसिरहेको अवस्था रहेकाले हटाउने समस्या भएको छ । त्यसमा पनि एउटा डोजर बिग्रिएकाले अर्को डोजर लैजान काम भएको छ, केही समय लाग्ला ।”
गए रातिदेखि नियमित परेको बर्सात्ले पहिरो गएको हो । पहिरो हटाउनका लागि कपुरकोटबाट पनि प्रहरी आएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९ १०:४१
प्रतिक्रिया दिनुहोस्