site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
घर-घरको नक्सापास हेर्दैछन् बालेन, निशानामा २७८ भवनका अवैध संरचना 
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को अन्डरग्राउन्ड पार्किङ खालि गर्ने अभियान जारी छ । अन्डरग्राउन्ड पार्किङ क्षेत्रको व्यापार हटाउन मैदानमा उत्रिएका बालेनको निशानामा थप २७८ वटा भवन रहेका छन् । 

अन्डरग्राउन्ड पार्किङ क्षेत्रको व्यापार हटाउन बालेनलाई उपत्यका ट्राफिक कार्यालयकी प्रमुख डीआईजी मिरा चौधरीको बलियो साथ छ । डीआईजी चौधरीले उपत्यका ट्राफिकको कमान्ड सम्हालेपछिको पहिलो पत्रकार सम्मेलनमै अन्डरग्राउन्ड पार्किङ खाली गराउन सके काठमाडौंको ट्राफिक जाम कम गर्न सकिने बताएकी थिइन् । 

Prabhu Bank
Agni Group
NIC Asia

बालेन र चौधरीबीचको भेटवार्तापछि अन्डरग्राउन्ड खाली गर्न बालेन डोजरसहित मैदानमा उत्रिएका थिए । हाल बालेन घर–घरको नक्सापास हेर्दैछन् । काठमाडौं महानगरपालिकामा मात्रै करिब २ लाख ५० हजार घरधुरी छन् ।
 
महानगरका अनुसार आर्थिक वर्ष २०७५÷०७६ देखि ०७८÷०७९ सम्ममा १० हजार स्क्वायर फिटभन्दा धेरै क्षेत्रफल भएका २७८ वटा भवनको नक्सा स्वीकृत गरेको छ । सहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यले यी आर्थिक वर्षहरुमा क्रमश ८६ वटा, ७७ वटा, ६५ वटा र ५० वटा भवनको नक्सा स्वीकृत भएको बताए । 

“अहिले निशानामा यी सबै भवनहरु छन् । भवनको अन्डरग्राउन्ड वा सेमी अन्डरग्राउन्ड पार्किङ वा भण्डारको प्रयोजनमा मात्रै आउनुपर्छ,” विभागीय प्रमुख शाक्यले भने, “तर, अधिकाशंले व्यापारीक प्रयोजनमा ल्याएका छन् ।”
  
महानगरले साउन १ गते अन्डरग्राउन्ड, सेमी अन्डरग्राउन्ड र जमिन तला स्वीकृत नक्साबमोजिम सञ्चालन गर्न ३५ दिने अल्टिमेटम जारी गरेको थियो । अल्टिमेटमको म्याद सकिँदा पनि व्यापारी र घरधनीले अटेर गरेपछि भदौ ६ गतेदेखि बानेश्वर क्षेत्रबाट अवैध संरचना भत्काउन सुरु भएको थियो । 

Global Ime bank

सुरुका दिनहरुमा मेयर बालेन आफै डोजरसहित फिल्डमा उत्रिएर नक्सापासविपरीत प्रयोजनमा आएका अन्डरग्राउन्ड पार्किङ तथा अवैध संरचना भत्काएका थिए । अहिलेसम्म न्युरोडस्थित आरबी कम्प्लेक्स, सुन्धारास्थित काठमाडौं मलको अवैध टहरा, बानेश्वरको अल्फाबिटा कम्प्लेक्स, बनस्थली–ढुंगेधारा क्षेत्रका टहरा भत्काइएको छ ।
 
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक (एसपी) राजुनाथ पाण्डेका अनुसार बानेश्वरबाट शंखमुल जाने सडकमा रहेको बर्गर हाउस कारबाहीमा परेको छ । महानगरपालिका वडा नम्बर ९ मा मुक्ति विकास बैंक भएको अन्डरग्राउन्डमा चलाइएकोे व्यवसाय वडाध्यक्षको रोहबरमा बन्द गराइएको छ ।  

बालेनले दरबारमार्गस्थित लन्डन पबको अवैध संरचना, कोटेश्वर ट्रष्ट कार्यालयको अवैध संरचना, नबिल बैंक न्युरोडको शाखा हटाउन निर्देशन दिएका थिए । बालेनले एक्सन लिएपछि पछिल्लो समय घरबेटी र व्यापारीले आफै अवैध व्यवसाय हटाउन थालेको नगरप्रहरी प्रमुख पाण्डेले बताए । 

अवैध संरचना भत्काउँदा भएको क्षतिपूर्ति घरबेटीलाई नै तिराउने तयारी महानगरको छ । अब बालेनको डोजरसहित मैदानमा उत्रने एक्सनलाई नगर प्रहरीले निरन्तरता दिने भएको छ । जसका लागि मेयरको निर्देशनअनुसार नगर प्रहरी डोजरसहित ‘स्ट्यान्डबाई’ रहेको एसपी पाण्डेले बताए ।  

“मेयरको निर्देशनमा नगर प्रहरीले काम गर्छ । राहदानी विभागको अन्डरग्राउन्ड प्रतिक्षालयको प्रयोजनमा ल्याइएको पाइयो । सो अन्डरग्राउन्ड पनि खाली गराइसकेका छौँ,” एसपी पाण्डेले भने, “अभियानलाई अझ प्रभावकारी बनाउँदै लैजान्छौँ ।”
 
मेयर बालेनले पनि नियमको पालना सबैले गर्न आग्रह गरेका छन् । जे प्रयोजनका लागि नक्सापास गरिएको हो सोही प्रयोजनमा ल्याएर आफ्नो अभियानलाई साथ दिन बालेनको आग्रह छ । अन्डरग्राउन्डको पार्किङ क्षेत्रमा सञ्चालित अवैध संरचना हटाउने महानगरको अभियान सधैँ रहने उनले बताए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  १२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement