देश
काठमाडौं । पछिल्ला तीन घण्टा सोलुखुम्बुको पेकर्नास र आसपास भारी वर्षा मापन गरिएको छ ।
सोलुखोलाको साल्मेमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोलुखोलाको दूधकोसी दोभानसम्मको नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९ ०८:३३
प्रतिक्रिया दिनुहोस्