देश
धनगढी । कैलालीमा प्रहरी नियन्त्रणमा रहेका अभियुक्त हतकडीसहित फरार भएका छन् ।
कैलालीको जोशीपुर गाउँपालिका–४ वाणी बस्ने २८ वर्षीय अभियुक्त शंकर चौधरी हतकडीसहित पथरैया नदीमा हाम फालेर फरार भएका हुन् ।
शंकरले आफ्नै बुवालाई कुटपपिट गरेको उजुरी परेपछि प्रहरीले घरबाटै नियन्त्रणमा लिएको थियो ।
इलाका प्रहरी कार्यालय जोशीपुरको प्रहरी टोलीले शंकरलाई हतकडी लगाएर ल्याउने क्रममा स्थानीय पथरैया नदीमा हाम फालेर भागेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिएका छन् ।
फरार भएका शंकरको खोजीका लागि प्रहरी खटिएको कैलालीका प्रहरी प्रवक्ता जोशीले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९ २०:५२
प्रतिक्रिया दिनुहोस्