site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
निहारिकालाई पाँच लाख सहयोग गर्ने प्रदेश सरकारको निर्णय
SkywellSkywell
Dabur Nepal
NIC Asia

जनकपुरधाम । मधेस प्रदेश सरकारले महोत्तरी जलेश्वरीकी कुमारी आमा निहारिका राजपुतलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
 
प्रदेश सरकारका अर्थमन्त्री तथा प्रवक्ता शैलेन्द्रप्रसाद साहले न्यायाका लागि संघर्ष गरिरहेकी निहारिका राजपुतलाई कानुनी लडाईंका लागि उक्त सहयोग गरिएको जानकारी दिए ।
 
यसअघि निहारिकाले संघीय सरकारले दिने भनिएको पाँच लाख सहयोग अस्वीकार गरेकी थिइन् ।  निहारिकाले उच्च अदालत जनकपुरमा पुनरावेदन गरेको मुद्दामा बच्चा र आरोपी शिवराज श्रेष्ठको डीएनए जाँचको आदेश दिइसकेको छ ।
 
निहारिकाले आज नायिका करिष्मा मानन्धरविरुद्ध ससीआईबीमा मुद्दा दायर गर्ने तयारी गरेकी छन् । करिष्माले आफ्नो अनुमतिबिना तस्बिर सार्वजनिक गरेको उनको भनाइ छ । उनले दिएको २० हजार सहयोग रकम पनि फिर्ता गर्ने निहारिकाले तयारी गरेकी छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  १३:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu