site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रुपन्देहीमा लुटपाट गरी गाेली प्रहार गर्ने दुईजना पक्राउ, एकजना फरार
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मी ।
SkywellSkywell

बुटवल । गत साउन २९ गते राति करिब १०ः४७ बजे रुपन्देहीको रोहिणी गाउँपालिका-१ बाइपास रोडस्थित न्यू सिद्धार्थ रेस्टुरेन्टमा हतियार देखाइ नगद, सुनका गरगहना र मोबाइल लुटपाट गरी एक जनालाई गोली प्रहार गर्ने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देहीको मायादेवी गाउँपालिका-७ महुबारीका ३२ वर्षीय पवनराज भर र सिद्धार्थनगर नगरपालिका-४ का २१ वर्षीय मोहम्मद असरद मुसलमान (काजु) रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

घटनामा संलग्न एकजना फरार रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

रेस्टुरेन्टमा लुटपाट गरेर भाग्ने क्रममा बसन्तपुर बाइपास नजिकै मोटरसाइकलमा सवार तीन जनालाई सिद्धार्थनगर-१ बेलहियाका २८ वर्षीय विकास गुरुङले रोक्न खोज्दा तीन जनामध्ये बीचमा बस्ने व्यक्तिले गुरुङमाथि गोली प्रहार गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले बताए ।

एसपी रेग्मीकाअनुसार घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी टोली बसन्तपुर हुँदै बाइपास जाने क्रममा भैरहवा-परासी सडकखण्डको बायाँ किनारमा (ओमसतिया गाउँपालिका-४ स्थित बसन्तपुर चोकबाट अन्दाजी ३० मिटर पूर्व) विकास गुरुङ घाइते भएको अवस्थामा फेला परेका थिए ।

घाइते गुरुङलाई बाँया कम्मरमाथि कोखामा गोली लागेको देखिएको र तत्काल उपचारको लागि भैरहवास्थित मेडिकल कलेज पठाइएको उनले बताए ।

एसपी रेग्मीले भने, "गोली लागि घाइते भएको खबर प्राप्त हुनासाथ प्रहरीको टोली गोली चलेको घटनास्थल र लुटपाट भएको स्थल न्यू सिद्धार्थ रेस्टुरेन्टमा पुगेको थियो, आवश्यक सोधपुछ पश्चात् रेस्टुरेन्ट सञ्चालक लक्ष्मी नेपालीसहित पाँच जनालाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा ल्याइ सोधपुछ तथा घटनाको विषयमा अनुसन्धान गरिएको थियो ।"

रेस्टुरेन्टबाट २ तोला सुन, ५५ हजार नगद र ३ वटा मोबाइल फोन समेत लुटेर लगिएको भन्ने पीडितबाट निवेदन प्राप्त भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार पक्राउ परेका पवनराज भर यसअघि लागूऔषध, डाँका, चोरी लगायत सार्वजनिक अपराधकाे मुद्दामा सजाय पाइसकेको व्यक्ति हुन् ।

पक्राउ परेका पवनले मोटरसाइकल चलाएका थिए भने मोहम्मद मोटरसाइकलमा पछाडि बसेका थिए । पक्राउ परेका दुई जनालाई प्रहरीले बुधबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

उनीहरूकाे साथबाट अटोमेटिक पेस्तोल र चोरी भएको भिभो कम्पनीको मोबाइल फोन बरामद भएको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  १८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu