site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पहिलो दिनमै खप्तड लघुवित्तको आईपीओमा मागभन्दा ३५ गुणा बढी आवेदन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन खुलेको पहिलो दिनमा नै मागभन्दा ३५ गुणा बढी आवेदन परेको छ । आजदेखि एक लाख २३ हजार ४०० कित्ता सेयर सर्वसाधारणका लागि आवेदन खुला गरिएकोमा पहिलो दिन नै ४३ लाख ३८ हजार ९४० कित्ता माग भएको सिडिएस एनुड क्लिएरिङ लिमिटेड (सीडीएससी)ले जनाएको छ ।

बुधबार साँझ ५ बजेसम्म तीन लाख ८१ हजार ७८२ जना आवेदन दिएको सीडीएससीले जनाकारी दिएको छ । लघुवित्तले १०० रुपैयाँ अंकित मूल्यका एक करोड ३२ लाख रुपैयाँ बराबरको एक लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । निष्कासन गरिएको कुल सेयरमध्ये दुई हजार कित्ता कर्मचारीहरूका लागि र ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ । बाँकी एक लाख २३ हजार ४०० कित्ता आईपीओमा आवेदकले भदौ १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम एक हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छ । इच्छुक आवेदकले मेरोसेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् । यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएर सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट पनि आवेदन दिन सक्नेछन् । 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  १७:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro