site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रियालको मूल्य बढ्दा रिंगेटको घट्यो 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दर अनुसार, स्वीस फ्र्यांकको मात्रै मूल्य बढेको छ । 

लगातार उकालो लागेको अमेरिकी डलर, युरोपियन युरोलगायतको मूल्य आज भने घटेको छ । यस्तै, साउदी अरेबियन रियाल, कतारी रियाल, यूएई दिराम, हङकङ डलर, कुवेती दिनारको मूल्य बढेको छ । 

युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलर, चिनियाँ यूआन, साउदी अरेबियन रियाल, कतारी रियाल, यूएई दिराम, मलेसियन रिंगेट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको भाउ घटेको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ७३  पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ३३  पैसा कायम भएको छ । 

युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ र बिक्रीदर एक सय ४१ रुपैयाँ ६२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ६९ रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ४७ पैसा तोकिएको छ । 

Royal Enfield Island Ad

स्विस फ्र्यांक एकको खरिददर एक सय ५१ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ३७ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ५० पैसा र बिक्रीदर ८४ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९४ रुपैयाँ ७४ पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिददर ९९ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय रुपैयाँ ३४  पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिददर आठ रुपैयाँ ६६ पैसा र बिक्रीदर आठ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा तोकिएको छ । 

साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६ रुपैयाँ २८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ २३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४०  पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९४ पैसा र बिक्रीदर तीन रुपैयाँ ९६ पैसा यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा तोकिएको छ । 

मलेसियन रिंगेट एकको खरिददर ३० रुपैयाँ ११ पैसा र बिक्रीदर ३० रुपैयाँ २४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा कायम गरिएको छ । 

स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २९ पैसा र बिक्रीदर १२ रुपैयाँ ३५ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७ रुपैयाँ ५४ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ४२ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ३६ पैसा तोकेको छ । 

बहराइन दिनार एकको खरिददर तीन सय ५९ रुपैयाँ ७४ पैसा र बिक्रीदर तीन सय ६१ रुपैयाँ ३३ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५२ रुयैयाँ ५३ पैसा र बिक्रीदर तीन सय ५४ रुपैयाँ ०९ पैसा तोकिएको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । 

यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  ०५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro