काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष सुरक्षा चेकिङमा आज २२७ जना चालकहरू कारबाहीमा परेका छन् ।
१२५ जना पानी ट्याङ्करका चालक, तीन जना एम्बुलेन्स चालक, एक जना स्कुल बसका चालक र ९८ जना अन्य सवारी चालकहरू कारबाहीमा परेका हुन् ।
जसमा मापसे गरी बा ८ च ४३९७ नम्बरको एम्बुलेन्स चलाउने चालक, बा १९ च ८५४८ नम्बरको पानी बोक्ने सवारीसाधनका चालक, बा २ क ३२७९ नम्बरको बालकुमारीस्थित कान्जिरोवा स्कुलका बस चालक र बा ९ च ९४६२ नम्बरको सवारीसाधनका चालक रहेका छन् ।
यस्तै, अवस्था ठिक नभएका सवारी चलाउने ५२ जना, सवारी चालक अनुमतिपत्र प्राप्त नगरी सवारी चलाउने ११ जना र अन्य कसुरमा १६० जना चालकहरू पनि कारबाहीमा परेको कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।