site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
छ महिनापछि बेलायतमा नेपाली नर्स लैजान सुरु गरिने 
प्रतीकात्मक तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । रोजगारीका लागि बेलायतमा नेपाली स्वास्थ्य जनशक्ति लैजानको लागि सोमबार समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

जीटुजी प्रक्रियामार्फत् बेलायतमा नेपाली स्वास्थ्य क्षेत्रका जनशक्ति पठाउन सात बुँदे समझदारी भएको हो ।

समझादारीपछि नेपालले पहिलो चरणमा बढीमा दुई सयजना नर्सिङ जनशक्ति पठाउने भएको छ ।

Agni Group
NIC Asia

समझदारीपत्रमा नेपालका तर्फबाट श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गरेका छन् । 

समझदारीअनुसार स्वास्थ्यकर्मीको छनौट र पदस्थापना नेपालको वैदेशिक रोजगार विभाग तथा बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा सरकारी (गभर्मेन्ट टु गभर्मेन्ट) प्रक्रिया बमोजिम हुनेछ ।

Global Ime bank

समझादारीपत्रको दोस्रो बुँदामा नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य सेवा (एनएचएस) मा सुरक्षित, मर्यादित र व्यवस्थित तवरले रोजगारीमा संलग्न हुने व्यवस्था मिलाइनेछ ।

विश्व स्वास्थ्य संगठनको हेल्थ वर्कर सपोर्ट एण्ड सेफगार्ड लिस्ट २००० मा नेपाल समावेश रहेको अवस्थालाई मध्यनजर गरी स्वास्थ्यकर्मीको संख्या र प्रकारका सम्बन्धमा दुवै सरकारले संयुक्त निर्णय गर्ने समझदारीपत्रको तेस्रो बुँदामा उल्लेख छ ।  

त्यस्तै नेपालको स्वास्थ्य क्षेत्रको विकास र सुदृढीकरणमा बेलायत सरकारको योगदान रहँदै आएकोमा आगामी दिनमा समेत स्वास्थ्य क्षेत्रको निरन्तर सुदृढीकरण र आधुनिकीकरणमा सहयोग जारी हुने बुँदा नम्बर चारमा उल्लेख छ ।

त्यसैगरी परीक्षणको रूपमा प्रथम चरणमा नेपाली नर्सहरूलाई बेलायतमा पदस्थापना गर्ने कार्यलाई 'इम्प्लिमेन्टेसन प्रोटोकल' स्पष्ट व्यवस्था गरिने पनि समझदारी भएको छ ।

त्यस्तै नियुक्ति प्रक्रियाका लागि कुनै शुल्क नलाग्ने एवं रोजगारीका लागि छनौट भएका स्वास्थ्यकर्मीको लागतको शोधभर्ना हुने पनि समझादारी भएको छ । 

समझदारीपत्रको सात नम्बर बुँदामा परीक्षण चरणको अन्तमा समग्र स्वास्थ्यकर्मी नियुक्ति प्रक्रियाको मूल्याङ्कन गरिने र थप नियुक्ति तथा विस्तारका सम्बन्धमा आवश्यक निर्णय लिइने उल्लेख छ । 

कस्ता नर्स जान पाउँछन् ? 

रोजगारीका लागि बेलायत जान चाहने नेपाली नर्स नेपाल नर्सिङ काउन्सिमा दर्ता भइ कम्तीमा दुई वर्ष काम गरेको हुनुपर्नेछ ।

उमेर २० देखि ४० वर्षबीचको हुनुपर्नेछ भने, आईएलटीएसमा ७ स्कोर ल्याउनुपर्नेछ । स्टाफ नर्सको रूपमा काम गर्दै आएका, बीएस्सी नर्सिङ जनशक्ति बेलायत सरकारले माग गरेको मन्त्रालयले जनाएको छ ।

तर, बेलायत पठाउने नर्सहरूको योग्यताबारे प्रोटोकल बनेपछि मात्रै श्रम सम्झौता हुने टुंगो लाग्ने श्रम मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजीव पोखरेल बताउँछन् ।

"स्वास्थ्यकर्मीको क्याटागोरी अनुसारको प्रोटोकल बनाउनुपर्छ, जुन समूहका जनशक्ति पठाउने हो, त्यही समूहका लागि प्रोटोकल बनाइन्छ, अहिलेलाई नर्सहरू पठाउने योजना भएकाले नर्सहरूका लागि प्रोटोकल बनाइनेछ," महाशाखा प्रमुख पोखरेलले भने ।

पोखरेलकाअनुसार बेलायती दूतावाससँगको समन्वयमा अबको छ महिनाभित्र प्रोटोकल बन्ने र पहिलो चरणमा नर्स पठाउने प्रक्रिया सुरु हुनेछ ।

तर, पहिलो चरणमा भने एकसयदेखि दुईसय नर्सहरू पाइलट बेसमा पठाइनेछ । उनीहरूले बेलायतमा श्रम गरेबापत्को सेवा सुविधा, सुरक्षाको अवस्था सबै हेरेर थप जनशक्ति पठाइने पोखरेलले बनाए ।

पहिलो चरणमा जाने नर्सहरू कसरी छनोट हुने भन्नेबारे पनि प्रोटोकल बनेपछि मात्रै टुंगो लाग्ने मन्त्रालयले जनाएको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  १८:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय