site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
२० जनालाई चलचित्रसम्बन्धी छात्रवृत्ति दिइने, आवेदन आह्वान
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र विकास बोर्डले विभिन्न विषयमा २० जनालाई चलचित्रसम्बन्धी छात्रवृत्ति दिने भएको छ । त्यसका लागि आवेदन पेस गर्न भनिएको छ ।

सोमबार सूचना प्रकाशित गर्दै बोर्डले चलचित्रसम्बन्धी अध्ययन, अनुसन्धान एवं विद्वत्वृत्तिका लागि प्रोत्साहन गर्न छात्रवृत्ति प्रदान गरिने जनाइएको छ ।

“...सम्बन्धित विषयमा अध्ययनरत योग्य नेपाली विद्यार्थी, अनुसन्धाता तथा शोधकर्ताबाट तोकिएका प्रमाण र कागजातहरूसहित सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र बोर्डको कार्यालयमा वा इमेलमार्फत अनलाइन आवेदन पेस गर्नुहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ,” सूचनामा उल्लेख छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विस्तृत सूचना पढ्नोस्–

चलचित्रसम्बन्धी अध्ययन, अनुसन्धान एवं विद्वत्वृत्तिका लागि प्रोत्साहन गर्न यस बोर्डबाट प्रदान गरिने छात्रवृत्तिका लागि सम्बन्धित विषयमा अध्ययनरत योग्य नेपाली विद्यार्थी, अनुसन्धाता तथा शोधकर्ताबाट तोकिएका प्रमाण र कागजातहरूसहित छात्रवृत्तिका लागि आवेदन पेस गर्नुहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ ।

Global Ime bank

१. विद्यावारिधि शोधवृत्ति : चलचित्र सम्बन्धी विषयमा विद्यावारिधि गर्दै गरेका – २ जना
२. दर्शनाचार्य शोधवृत्ति : चलचित्र सम्बन्धी विषयमा दर्शनाचार्य गर्दै गरेका – २ जना
३. स्नातकोत्तर छात्रवृत्ति :
    (क) चलचित्र सम्बन्धी शोधकार्य गर्ने – २ जना
    (ख) चलचित्र सम्बन्धी ऐच्छिक पत्र लिने तथा शोधपत्रसमेत लेख्ने विद्यार्थी – २ जना

४. स्नातक छात्रवृत्ति : चलचित्र सम्बन्धी मूल विषय लिएर स्नातक तह अध्ययनरत जम्मा १० (दश) जनाको लागि,
– खुलातर्फः ५ (पाँच) जना
– आरक्षणतर्फः ५ (पाँच) जना
(क) मधेशी, दलित र जनजातितर्फ– ३ (तीन) जना,
(ख) महिलातर्फ– २ (दुई) जना

५.लघु पाठ्यक्रम :
– चलचित्र सम्बन्धी मूल विषय लिएर लघु पाठ्यक्रम अध्ययनरत विद्यार्थीहरू – २ जना

सम्बन्धित आवेदकहरूले प्रथम पटक सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र,

दरखास्त दिने अन्तिम मितिः २०७९ असोज ४ गतेभित्र /
Application Deadline: 20th September, 2022)

बोर्डको कार्यालयमा वा इमेल nepalfilmscholarship@gmail.com मार्फत अनलाइन आवेदन दर्ता गराइसक्नु पर्नेछ ।

इमेलमार्फत फारम भरी पठाउँदा पालना गर्नुपर्ने विधि
a. Subject मा Application Level _ First Name _ Year _ Institution_Name:

जस्तैः BachelorsLevel_Sita_2079_OSCAR, or Bachelors_Ram_2079_NFC, Masters_Krishna_2079_TU etc. नाम उल्लेख गर्नु पर्नेछ ।

b. दरखास्त साथ पेश गर्ने कागजातहरू स्क्यान गरी PDF वा JPG Format (कम्तीमा 200 dpi रिजुलेशन) मा Attach गर्नुपर्नेछ ।
c. एकजना विद्यार्थीसँग सम्बन्धित दरखास्त पठाउँदा एउटै इमेलमा सम्पूर्ण संलग्न गर्नुपर्ने कागजातहरू Attach वा PDF प्याकेज गर्नुपर्नेछ ।
d.  अनलाइन दरखास्त दिनुहुने विद्यार्थीहरूले अनुकुल समय वा अन्तर्वार्तामा उपस्थित हुँदा सक्कल दरखास्त फाराम, पेश गरेका कागजातहरू र रू.१०।– (दश) को हुलाक टिकट अनिवार्य बुझाउनु पर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  ०६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय