विराटनगर । प्रदेश नम्बर–१ को राजधानी विराटनगरमा भव्य रूपमा रथयात्रा निकालिएको छ । शनिबार तीनपैनी चोकबाट राधाकृष्ण रथयात्रा निकालिएको हो ।
तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट हरेक वर्ष रथयात्रा निकाल्ने गरिएको छ । अघिल्ला दुई वर्ष भने कोरोना महामारीका कारण रथयात्रा प्रभावित भएको थियो ।
२२ फिट लम्बाइ, १४ फिट चौडाइ र १८ फिट उचाइको रथ सुरक्षाकर्मीले तान्ने व्यवस्था गरिएको थियो । सर्वसाधारणलाई भने रथको डोरी छोएर मनोकांक्षा पूरा गर्न आह्वान गरिएको थियो ।
कृष्णजन्माष्टमीको भोलिपल्ट निकालिएको यो ५४औँ रथयात्रा हो । रथयात्रा मेन रोड, ट्राफिक चोक, रोडशेष चोक, बरगाछी चोक हुँदै पुनः मन्दिरमा आई समापन हुने गर्छ ।
विराटनगरमा वि.सं १९८९ सालदेखि रथयात्रा सुरु भएको अभिलेख छ ।
थप तस्बिर हेर्नोस्–