site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्राज्ञिक विद्यार्थी परिषद्ले १८ सय विद्यार्थीलाई शैक्षिक सामग्री दिने
SkywellSkywell

काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले ११ हिमाली जिल्लाका विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गर्ने भएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्राज्ञिक विद्यार्थी परिषद्ले कक्षा ११ र १२ मा अध्ययनरत १८ सय १० जना विद्यार्थीहरूलाई ३२ लाख २७ हजार मूल्य बराबरको शैक्षिक सामग्री वितरण गर्न लागेको जानकारी दिएको हाे ।

Dabur Nepal
NIC Asia

परिषद्ले शैक्षिक सामग्री वितरणका लागि सिन्धुपाल्चोक, दोलखा, रसुवा, बझाङ, ताप्लेजुङ, मनाङ, मुस्ताङ, गोरखा, मुगु, डोल्पा र हुम्ला जिल्लाका विद्यार्थी छानेको बताएको छ ।

प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकालले यो वर्षमात्रै नभएर विगत २७ वर्षदेखि नै परिषद्ले विद्यार्थी लक्षित शैक्षिक सामग्रीहरू वितरण गर्दै आएको जनाए । विद्यार्थीहरू अध्ययन गर्ने मात्र नभएर भविष्यका देशका कर्णधार भएको पनि उनको भनाइ थियो । उनले परिषद्ले हरेक वर्ष कुनै न कुनै सामाजिक कार्य गर्दै आएको जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  ००:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu