राजनीति
काठमाडौं । नागरिकता विधेयकमा ‘राष्ट्रिय सहमति’ भनिरहेका नेकपा (एमाले)लाई नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरी प्रश्न गरेका छन् । उनले एमाले राष्ट्रिय सहमति छोडेर बाहिर गएको भन्दै फेरि उसले राष्ट्रिय सहमतिको नारा लगाइरहेको आरोप लगाए ।
“प्रतिपक्षी मित्रहहरू राष्ट्रिय सहमति भन्दै हुनुहुन्छ, म प्रश्न गर्न चाहन्छु– अन्तरिम संविधान, २०६३ राष्ट्रिय सहमति थियो कि थिएन ? त्यही संविधानानुसार बनेको नागरिकता ऐन, २०६३ राष्ट्रिय सहमति होइन ?,” प्रश्न गर्दै चौधरीले भने, “राष्ट्रिय प्रतिबद्धता छोडेर आफू बाहिरिने अनि आफू जहाँ पुग्यो, त्यहीँ राष्ट्रिय सहमति खोज्न मिल्छ ?”
एमालेले दीर्घकालीन राजनीतिका विषयमा सोच्नुपर्ने उनको भनाइ थियो ।
प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९ १४:१९
प्रतिक्रिया दिनुहोस्