site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
चकटी बहसमा कोइरालाको ‘उज्यालो औँसी’ 

काठमाडौं । पछिल्लो समय लेखन र समीक्षामा सक्रिय सर्जक अनिता कोइरालाको पहिलो उपन्यास ‘उज्यालो औँसी’माथि अन्तरक्रिया भएको छ ।

पठन संस्कृतिको विकासका लागि विविध काम गर्ने बुकाहोलिक्सले मासिक रूपमा चकटी बहसमा एउटा कृतिमाथि अन्तरक्रिया गर्दै आएको छ । यसपटक कोइरालाको उपन्यास उज्यालो औँसीमाथि समालोचक डा. गीता त्रिपाठीले समीक्षात्मक टिप्पणी गरिन् । 
 
शुक्रबार भएको चकटी बहसमा डा. त्रिपाठीले कोइरालाको उपन्यासको चर्चा गर्दै कतिपय प्रसंगले आफूलाई पनि पूर्वस्मृतिमा पुर्याएको बताइन् । उनले मातृ सशक्तिकरणका बारेमा बोल्दै आमाको सामथ्र्यलाई सलाम गर्न मन लागेको बताइन् । 

डा. त्रिपाठीले कृतिमाथि टिप्पणी गर्दै त्यसभित्रका केही कमी कमजोरीहरू पनि केलाइन् ।

कार्यक्रममा उपन्यासकार अनिता कोइरालाले आफ्नो लेखकीय धारणा राखिन् ।
 

प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  ०९:५१
प्रतिक्रिया दिनुहोस्