site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
फोहोर व्यवस्थापनमा प्रहरी परिचालन गर्ने हाम्रो उद्देश्य होइन : मेयर बालेन
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले प्रहरी परिचालन गरेर बन्चरेडाँडास्थित स्यानिटरी ल्यान्डफिल साइटमा फोहोर ढुवानी गर्ने आफूहरूको उद्देश्य नभएको बताएका छन् ।

निरन्तर फोहोर विसर्जन कार्यमा अवरोध हुँदा प्रहरी परिचालन गर्न बाध्य भएको उनको भनाइ छ ।

Dabur Nepal
NIC Asia

“फोहोर व्यवस्थापन गर्दा कसैलाई केही समस्या नपरोस्, यो हाम्रो प्रतिबद्धता हो । प्रतिबद्धतामा हामी इमानदार, सचेत र संवेदशनशील छौँ,” उनले भने ।

गएको जेठ २६ गते काठमाडौं महानगरपालिका, धादिङको धुनिबेँसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाबीच भएको सम्झौता कार्यान्वयनको अवस्थाका विषयमा जानकारी दिँदै मेयर बालेनले तत्काल गर्नुपर्ने काम नियमित प्रक्रियाबाट भइरहेको र चालु आर्थिक वर्षमा गर्नुपर्ने काम गर्न बजेट विनियोजन गरिएको बताए ।

प्रहरी प्रशासनको सहयोग लिएर हिजो १८६ गाडी फोहोर ल्यान्डफिल साइटमा लगिएको थियो । स्थानीयले प्रहरीमाथि ढुंगामुढा गर्दा प्रहरीले अश्रुग्यास र हवाईफायर गरेको थियो ।

सडक निर्माण तथा मर्मत सकिनुपर्नेलगायत मागहरू पूरा हुनुपर्ने बताउँदै केही स्थानीयले फोहोर विसर्जनमा अवरोध गर्दै आएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  १०:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu