
काठमाडौं । स्प्राइटले अहिलेसम्मको सबैभन्दा ठुलो प्रोमोसनल क्याम्पेन ‘स्प्राइटसँग जित्ने मौका’ सार्वजनिक गरेको छ ।
यस क्याम्पेन मार्फत स्प्राइटले आफ्ना उपभोक्तालाई हरेक घण्टा सामसङ ‘ए०३एस’ फोन र हरेक हप्ता ४३ इन्चको सामसङ टेलिभिजन जित्ने सक्ने कम्पनीले जनाकारी दिएकमो छ ।
उक्त अफर असोज ९ गतेसम्म लागु हुनेछ । कोका–कोला र फ्यान्टाको पेट बोतलहरुमा पनि लागु हुनेछ
उक्त अफरमा सहभागि हुनको लागि उपभोक्ताहरूले बोतलको प्रमोसनल लेबलमा रहेको क्यूआर कोड स्क्यान गरी त्यसको पछाडि भएको सिरियल नम्बर र आफ्नो मोबाइल नम्बर प्रदान गर्नुपर्ने हुन्छ । अथवा, उक्त सिरियल नम्बर र आफ्नो मोबाइल नम्बर ३४९४९ मा पनि एसएमएस गर्नुपर्ने हुन्छ ।
यो अफर स्प्राइट, कोका–कोला र फ्यान्टाको २५० मिलि, ५०० मिलि, १.५ लिटर र २.२५ लिटर पेट बोतलहरूमा नेपालभरि लागु हुने स्प्राइटले जानकारी दिएको छ ।