site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चुनावका लागिमात्र माओवादीसँग मिलेको हो : भट्टराई
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले चुनावी प्रयोजनका लागि मात्रै नेकपा (माओवादी केन्द्र)सँग एकल चुनाव चिह्नमा जाने सहमति भएको बताएका छन् ।

मंगलबार माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेसपाका अर्का अध्यक्ष महेन्द्र यादवसँगको छलफलपछि उनले चुनावी तालमेल मात्र भएको बताएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“तत्काल चुनावी प्रयोजनका निम्ति मात्रै हो । हाम्रो लक्ष्य चाहिँ नेपालमा जुन ढंगको अग्रगामी परिवर्तनको एजेन्डा बाँकी छन्, त्यसलाई पूरा गर्नका निम्ति हामी एक्लाएक्लै भन्दा पनि मिलेर र नयाँ आधारमा एकताबद्ध भएर जानु अहिलेको ऐतिहासिक आवश्यकता भएकाले त्यो दिशातिर पनि उन्मुख हुने हिसाबले लिएका छौँ,” उनले भने । 

त्यस्तै उनले आगामी दिनमा भने अग्रगामी शक्तिहरूबीच ध्रुवीकरण गरेर जाने पनि बताए । 

Global Ime bank

“तत्काल दुई पार्टीबीच चुनावी तालमेल गरेर अघि बढ्छौँ । हाम्रो लक्ष्य चाहिँ आगामी दिनमा बृहत अग्रगामी शक्तिहरूको धुव्रीकरण गरेर देशलाई विकास, सुशासन, समृद्धिको दिशामा लिएर जाने संकल्प छ,” भट्टराईले भने । 

उनले आफ्नो पार्टी पनि गठबन्धनमा नै रहेको पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  १६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय