site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सर्वसम्मत नेतृत्व चयन गर्न प्रदेश अध्यक्षहरू एकमत
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को असार १६ गतेदेखि हुने महाधिवेशनबाट सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न प्रदेश कमिटीका अध्यक्षहरू एकमत भएका छन् ।  

शुक्रबार सात प्रदेश र उपत्यका कमिटी अध्यक्षले विज्ञप्ति जारी गर्दै नेतृत्व सर्वसम्मत चयन गर्न विश्वस्त रहेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “एमालेसँग विद्रोह गरेर गठन भएको करिब ३४ महिनापश्चात राष्ट्रिय महाधिवेशन सम्पन्न हुनु पार्टी जीवनका लागि गौरवको विषय पनि हो । सैद्धान्तिक, वैचारिक र कार्यक्रम सर्वसम्मत रूपमा तय भएको छ । लय भएको समाजवादी कार्यक्रमले आजको समाजका सबै खाले चुनौतीहरूको सामना गर्न सक्ने छ । साथै, नेतृत्व समेत सर्वसम्मत चयन होस भन्ने पार्टी पक्तिको भावना समेतलाई आत्मसात गर्दै हामी आठ प्रदेश कमिटीका अध्यक्षहरूको पटक–पटकको छलफल पश्चात श्रद्धेय पार्टी अध्यक्ष, सम्मानित नेता कमरेड र श्रद्धेय महासचिव कमरेड सर्वसम्मत नेतृत्व चयन गर्न समक्ष हुनेमा सबै प्रदेश अध्यक्षहरू पूर्ण विश्वस्त छौँ ।”

Prabhu Bank
Agni Group
NIC Asia

महाधिवेशन सिद्धान्त, विचार र कार्यक्रमका हिसाबले ऐतिहासिक हुने जनाइएको छ ।

“हाम्रो यो प्रयास विशुद्ध रूपमा पार्टी एकता एवं अनुभव र क्षमतामा आधारित पार्टी निर्माण होस भन्ने अभिप्रायबाट केन्द्रित रहेको छ । हाम्रो यो प्रयास महाधिवेशनको अन्तिमसम्म निरन्तर जारी रहने छ र हामीलाई विश्वास छ, एकतावद्ध र भव्यरूपमा यो महाधिवेशन सम्पन्न हुनेछ,” विज्ञप्तिमा भनिएको छ ।

Global Ime bank

एकीकृत समाजवादीको महाधिवेशन असार १६–२० गते काठमाडौंमा हुँदै छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  २३:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय