site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बञ्चरेडाँडा–सिसडोलका स्थानीयले फिर्ता लिए आन्दोलन
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिसडोल–बञ्चरेडाँडा ल्याण्डफिल साइटमा स्थानीयले काठमाडौं उपत्यकाको फोहोरमाथिको अवरोध र आन्दोलन फिर्ता लिएका छन् । 

मन्त्रिपरिषद्को निर्णय निर्देशन र सहरी विकास मन्त्रालयले कार्यान्वयन गर्न दुई महनाभित्र सबै समस्या समाधानको संयुक्त प्रतिवेदन मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरेसँगै आन्दोलन फिर्ता लिएका हुन् । यसका लागि मन्त्रालयका पदाधिकारीहरूले  प्राविधिक टोलीसँग संयुक्त हस्ताक्षर गरेका छन् ।
 
दुबै ल्ल्याण्डफिल साइटका स्थानीयले भदौ १ गतेदेखि सधैँका लागि उपत्यकाको फोहोर ढुवानी बन्द गर्ने घोषणा गरेका थिए । मन्त्रालयको निर्णयसँगै तत्काल आन्दोलन फिर्ता लिएको बञ्चरेडाँडा ल्यण्डफिलसाइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समिति धादिङ–नुवाकोटका संयोजक श्रीराम ढुंगानाले जानकारी दिए । 

उनले सिसडोल–बञ्चरेडाँडा ल्यण्डफिल साइट प्रभावित  कोल्पुखोला आधारक्षेत्रका नागरिकको जिउधन र वातावरण रक्षाको लागि सरकारले ऐतिहासिक निर्णय गरेको प्रतिक्रिया दिएका छन् । 
 
मन्त्रालयको निर्णयानुसार प्राविधिक टोली भदौ १ गतेदेखि प्रभावित क्षेत्रमा खटिनेछ । “भदौ १ गतेदेखि नै सधैँका लागि फोहोर बन्द गर्ने घोषणा गरेका थियौँ । मन्त्रालयको निर्णयसँगै आन्दोलन फिर्ता लिएका छौँ । तर, रचनात्मक आन्दोलन निरन्तर रहनेछ,” उनले भने, “आज पनि स्थानीयको आन्दोलन जारी छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

लामो समय चुप लागेका बसेका स्थानीयले आजभोलि आन्दोलन जारी राख्नु स्वभाविक रहेको ढुंगाना बताउँछन् । स्थानीय नागरिकको समस्यालाई मध्यनजर गर्दै तत्काल  आन्दोलन मत्थर पार्न सरकारसँग उनको आग्रह छ । 
  
सरकार प्रभावित क्षेत्रको दीर्घकालीन समाधानमा दृढ रहेकाले काठमाडौं उपत्यकाको समस्या समाधानमा काठमाडौं महानगरपालिलाई आफ्नो कर्तव्यबाट बिचलित नहुन ढुंगानाले सुझाएका छन् । 

प्रभावित क्षेत्रका गाउँ–गाउँमा गन्धनिरोधक औषधि र स्वास्थ्यका सन्दर्भमा दैनिक कर्तव्यनिष्ठ हुन मेयर बालेन्द्र शाहलाई समितिले ध्यानाकर्षण गराएको छ ।
  
स्यानिटरी ल्याण्डफिल साइटका सहायक ईन्जिनियर सरकारदीप श्रेष्ठका अनुसार आज बिहानैदेखि फोहोर उठ्न सुरु भएको छ । आइतबार दिउँसो बाख्रालाई ठक्कर दिएको भन्दै र तिनपिप्ले सडकखण्डमा फोहोर बोकेका ट्रकहरूले बाटोमै फोहोर फालेको निहुँमा अवरोध गरेका थिए । 

Global Ime bank

आइतबार साँझ धुनिवेशी–१ का नेपाली कांग्रेस सभापति पूर्ण सिंह तामाङ, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष विष्णु तामाङ र नेकपा (एकीकृत समाजवादी)का भीषण धितालले नगर कार्यसमितिका अध्यक्ष तथा सभापतिलाई पत्राचार गर्दै फोहोर मैला सधैँका लागि बन्द गर्न माग गरेका थिए । 

सत्ता साझेदार दलको संयुक्त पत्राचारपछि मेयर बालेनले महानगरको नेतृत्त्वलाई असफल बनाउन खेल खलेको भन्दै फेसबुकमा स्ट्याटस लेखेका थिए । 

पटक–पटक गरी अहिलेसम्म १७४ वटा सम्झौता भएको तर कार्यान्वयन नगरिएको भन्दै स्थानीय तहले पनि नागरिकसँगै आन्दोलनमा उत्रने चेतावनी दिएका थिए । शनिबार फोहोरमाथि स्थानीयको अवरोध जारी रहँदा ल्याण्डफिल साइटको सुरक्षार्थ नुवाकोटको सिसडोल आलेटारस्थित सशस्त्र प्रहरीको बेस क्याम्प धादिङको बन्चरेडाँडामा सारिएको थियो । सो क्याम्पमा २५ जना प्रहरी छन् । लामो समयदेखि फोहोरमैला व्यवस्थापनकै सुरक्षार्थ सो क्याम्प स्थापना गरिएको थियो ।
 
शनिबार र शुक्रबार फोहोर व्यवस्थापनमा अवरोध हुँदा ३०० भन्दमा बढी प्रहरी खटाइएको श्रेष्ठ बताउँछन् । “ल्याण्डफिल साइटमा आवश्यकता अनुसार प्रहरी तैनाथ गरेर फोहोर व्यवस्थापन हुँदै आएको छ । आज पनि साइटमा स्थानीय प्रहरी परिचालित छन्,” श्रेष्ठले भने । 

फोहोर बोकेका ट्रक चालकहरुले आफूहरुमाथि दुव्र्यवहार गरेको र जानी–जानी पशुवस्तुलाई ठक्कर दिने गरेको आरोप लगाउँदै आएका छन । 

पटक–पटक स्थानीयले अवरोध गर्दा महानगरले लामो समयदेखि फोहोरमैला व्यवस्थापनका लागि साइटको प्रहरीको सुरक्षा माग्दै आएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले आवश्यकता अनुसार प्रहरी पठाइएको बताए । 

काठमाडौं जिल्ला भित्रको समस्या समाधानका लागि जिल्लाबाटै प्रहरी खटाउने गरिएको उनको प्रजिअ रिजालको भनाइ छ । तर तत्काल सुरक्षा माग गरिएको छैन । 

पुन फोहोरमा अवरोध भए ठुलो संख्यामा प्रहरी परिचालन गरेर फोहोर व्यवस्थापन गर्ने महानगरको योजना छ । महानगरका मेयर बालेनले स्थानीयको अवरोध नभए दैनिक २५० देखि ३५० ट्रक फोहोर ल्याण्डफिल साइटमा पुग्ने बताएका थिए । 

स्थानीयको अवरोध कायमै रहेको अवस्थामा मेयर शाहले भनेजति ट्रक साइटमा पु¥याउन नसकिएको सहायक इन्जिनियर श्रेष्ठले बताए । स्थानीयको अवरोधकैबीच आइतबार  २५ वटा  गाडिले मात्रै फोहोर खसालेका थिए । 
आज पनि आन्दोलन जारी रहेकाले फोहोर बोकेका ट्रकहरु बाटोमै रोकिएका छन् । 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९  १०:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC