site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपाली इम्बोस्ड नम्बरको चर्चा : के हुन्छ अंग्रेजी नम्बरप्लेटको भविष्य ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लागत नबढाइ नेपालीमा इम्बोस्ड नम्बरप्लेट ल्याउने तयारी थालेको छ ।

मन्त्रालयले देवनागरी लिपिमा इम्बोस्ड नम्बरप्लेट ल्याउन नम्बरप्लेटको मोडालिटी परिवर्तन गर्ने प्रक्रिया अघि बढाएको हो । 

पुराना जडान भएका अंग्रेजी इम्बोस्ड नम्बरप्लेट र साधारण नम्बरप्लेटलाई यथावत राखेर नयाँ मोडालिटीअनुसार देवनागरी लिपिको प्रयोग गरेर नम्बरप्लेट बनाइने प्रक्रिया सुरु गरिएको यातायात मन्त्री मोहम्मद इश्तियाक राईले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्री राईले इम्बोस्ड नम्बरप्लेटमा देवनागरी लिपि प्रयोग गर्नेबारे कानुन संसोधनको प्रक्रिया अघि बढेकोे बताए । “इम्बोस्ड नम्बरप्लेटमा नेपाली भाषा प्रयोगका लागि कानुन मन्त्रालयसँग राय लिनुपर्छ । पुनः कानुन संशोधनको फाइलमा रहेको बुँदामा टिप्पणी लेखेर पठाइएको छ । यो इम्बोस्ड नम्बरप्लेटमा देवनागरी लिपि प्रयोग गर्नेबारे टिप्पणी हो,” मन्त्री राईले भने, “हाल कानुन मन्त्रालय र ठेकेदार कम्पनीबीच राय दिने र लिने काम भइरहेको छ ।” 

गत साउन ५ गते बिहीबार इम्बोस्ड नम्बरप्लेटमा देवनागरी लिपि प्रयोग गर्नेबारे कानुन संशोधनको फाइल मन्त्रालयमा पठाएको थियो । त्यसपछि यातायात मन्त्रालयमा गत सोमबार मन्त्रीले विभागीय प्रमुखसँग छलफल गरेका थिए । 

Global Ime bank

मन्त्री राईका अनुसार सो फाइलमा कानुन मन्त्रालयले सहमति पठाएको छ । 

मन्त्रालयले आम सवारी प्रयोगकर्ताहरूलाई मध्यनजर गर्दै यसअघि जडान गरिएका अंग्रेजी इम्बोस्ड नम्बरप्लेट र साधारण नम्बरप्लेटलाई पनि यथावत राखिने बताएको छ । नयाँ पुराना गरी सबै किसिमका सवारी साधनमा नेपाली अक्षर अंकित इम्बोस्ड, अंग्रेजी इम्बोस्ड र साधारण नम्बरप्लेट गरी तीन थरीका नम्बरप्लेट रहनेछन् । 

मन्त्री राईले भने, “पहिले जडान गरिएका अंग्रेजी इम्बोस्ड र नम्बरप्लेट यथावत नै राखिनेछ । यसअघि कुन–कुन भाषा प्रयोग गरियो । कस्ता नम्बरप्लेटहरू आए । ती नम्बरप्लेटहरू सहजै हटाउन सकिँदैन । सुरुमा कानुन मन्त्रालयले कानुन संसोधन गरेर पठाउनुपर्‍याे । त्यसपछि नेपाली इम्बोस्ड नम्बरप्लेटको काम अघि बढ्छ ।”

ठेकेदार कम्पनीबीच थप लागतमा कुनै पनि सम्झौता नगरी पुरानै लागतमा इम्बोस्ड छपाइको प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ । ठेकेदार कम्पनीसँग पहिला भएका केही सम्झौताहरू गलत रहेको र ती सुधार गरिने पनि जनाइएको छ । 

पहिले आएका मन्त्रीले फेरिएपिच्छे फरक–फरक नियम र प्रावधान ल्याएको भएपनि यसपाली त्यस्तो नहुने मन्त्रालयको दाबी छ । मन्त्रीले पदभार ग्रहण गर्दै सहसचिवको नेतृत्वमा इम्बोस्ड नम्बर प्लेटको भाषाका सम्बन्धमा अध्ययन गर्न समिति गठन गरेका थिए । 

समितिले पनि अध्ययन गरिरहेको छ । अध्ययन प्रतिवेदन बुझाउन भने केही समय लाग्ने मन्त्रालयले जनाएको छ । समितिले इम्बोस्ड नम्बरप्लेटको मूल्य हेरफेर, साइजबारे पनि अध्ययन गरिहेको मन्त्री राईले बताए । 

०७३ जेठ १९ गते बंगलादेश र अमेरिकाको डेकाटुर–टाइगर आईटी कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार ४ अर्ब ६८ करोड ५२ लाख ६२ हजार ५ सय रुपैयाँ बजेट छुट्याइएको थियो । 

नेपालमा पहिलो पटक २०७४ भदौ ५ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले इम्बोस्ड नम्बरप्लेट जडानको उद्घाटन गरेका थिए । 

इम्बोस्ड कार्यान्वयन गर्ने निकाय यातायात व्यवस्था विभागले गत साउन १ गतेसम्म अनिवार्य रूपमा इम्बोस्ड नम्बरप्लेट जडान गर्न सार्वजनिक सूचना जारी गरेको थियो । त्यसपछि चर्को विरोध र आलोचना हुँदा विभाग ‘युटर्न’ भएको थियो । 

सबै किसिमका सवारी साधनमा इम्बोस्ड नम्बरप्लेटको साइज नमिल्ने, अरु देशको तुलनामा अत्याधिक महँगो पर्ने, छिट्टै टुट्ने–फुट्ने लगायत समस्या आएको सेवाग्राहीले गुनासो गर्दै आएका छन् । 

जडान भएकै वर्षदेखि सुरु भएको थियो अंग्रेजी इम्बोस्डको विवाद 

सुरुदेखि नै अंग्रेजी इम्बोस्ड नम्बरप्लेट विवादित बन्दै आएको छ । ०७४ माघ १० गते अंग्रेजी भाषामा भएको इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपिमा हुनुपर्ने भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको थियो । 

त्यसपछि ०७६ मंसिर २७ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीश दीपकुमार कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, हरिकृष्ण कार्की र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले सो रिट खारेज गर्‍याे । 

लामो विवादपछि यातायात व्यवस्था विभागले ०७७ साउन १ गतेदेखि पुनः इम्बोस्ड नम्बरप्लेट जडान प्रक्रिया सुरु गरेको थियो । त्यसपछि कोरोना महामारीका कारण प्रभावित बनेको इम्बोस्ड सुस्त गतिमा जडान भयो । 

यातायात व्यवस्था विभागकाअनुसार अहिलेसम्म करिब ३० हजार सवारी साधनमा मात्रै अंग्रेजी इम्बोस्ड नम्बरप्लेट जडान गरिएको छ । अन्य सवारीमा जडान प्रक्रिया रोकिएको छैन ।  

विभागलाई छैन पत्राचार

विभागका प्रवक्ता इश्वरी दत्त पनेरुकाअनुसार मन्त्रालयले नेपाली इम्बोस्ड नम्बरप्लेट जडान गर्नेबारे पत्राचार गरेको छैन । 

“मन्त्रालयबाट हामीलाई कुनै पनि जानकारी आएको छैन । हाल अंग्रेजी अक्षर अंकित इम्बोस्ड नै जडान भइरहेको छ । मन्त्रालयबाट निर्देशन आए नेपाली भाषा अंकित इबोस्ड नै कार्यान्वयनमा ल्याउने हो,” पनेरुले भने । 

पछिल्लो समय अंग्रेजी इम्बोस्ड नम्बरप्लेटको चर्को विरोध र आलोचना भइरहेको छ । विभागले २०७४ सालमा सम्झौता गर्ने बेला नै त्रुटि रहेको निष्कर्ष निकालेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९  ०५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC