देश
काठमाडौं । काठमाडौंमा मापसे तथा विभिन्न कसुर गरी स्कुलका सवारीसाधन हाँक्ने १४ चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । मादकपदार्थ सेवन गरी स्कुल बस चलाएकोलगायत आरोपमा उनीहरू कारबाहीमा परेका हुन् ।
स्कुल बस निर्देशिका, २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न स्कुलका सवारीसाधनका चालकलाई कारबाही तथा सचेत गराउने अभियान चलाइएको छ ।
उपत्यकाका विभिन्न स्थानमा चेकजाँच गर्दा १४ स्कुल बसका चालकलाई विभिन्न कसुरमा कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
आउँदा दिनहरूमा समेत यस कार्यलाई निरन्तरता दिइने जनाइएको छ ।
प्रकाशित मिति: आइतबार, साउन २९, २०७९ १६:४६
प्रतिक्रिया दिनुहोस्