site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक महिनादेखि उठेन बिर्तामोडको फोहोर, चोकचोकमा फोहोरको डुङ्गुर
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

झापा । बिर्तामोड नगरपालिकाले एक महिनादेखि फोहोरमैला उठाउन नसक्दा सार्वजनिकस्थल दुर्गन्धित हुन थालेको छ । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडको मुक्तिचोक, बिर्ताबजार, कृषिथोक, चारपाने, बुट्टाबारी, गरामनीलगायत सहरी तथा आसपासका बजारमा फोहोरको डुङ्गुर थुप्रिएको छ । सार्वजनिक स्थलमा हिँड्डुल गर्दा सर्वसाधारणले नाक थुन्नुपर्ने अवस्था सिर्जना भएको छ ।

फोहोर विसर्जन गर्न डम्पिङ साइटको व्यवस्था गर्न नसक्दा नगरको फोहोरमैला उठाउन नसकिएको नगरपालिकाले जनाएको छ । फोहोरमैला जताततै थुप्रिएर नगरमा दुर्गन्ध र सङ्क्रामक रोग फैलिने सम्भावना बढेको भन्दै उपभोक्ता जागरण अभियान झापाले नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“एक महिनादेखि नगरपालिकाले सहरबाट फोहोर उठाएको छैन,” नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको उपभोक्ता जागरण अभियान झापाका सचिव विशाल थापाले भने, “अति भएपछि हामीले नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई भेटेरै अविलम्ब फोहोरमैला उठाउने व्यवस्था मिलाउन माग गरेका हौँ ।”

नगरपालिकाका उपप्रमुख नगेन्द्र सङ्ग्रौलाले फोहोरमैला व्यवस्थापनका लागि सञ्चालन गरिएका डम्पिङ साइटमा स्थानीयवासीको अवरोध जारी रहेकाले फोहोर उठाउन नसकिएको बताए । कुहिने र नकुहिने गरी दैनिक छ ट्रयाक्टर फोहोर बिर्तामोडको बजार, सडक र भित्री गल्लीमा जम्मा हुने गरेको उपप्रमुख सङ्ग्रौलाको भनाइ छ । 

Royal Enfield Island Ad

उनले एक महिनामा फोहोर व्यवस्थापनका लागि चार वटा स्थान तयार गरिएता पनि नागरिक अवरोधकै कारण फोहोर विर्सजन गर्न नसकिएको बताए । उनले फोहोरमैला विसर्जनलाई विर्तामोड नगरपालिका–७ र ८, कनकाई नगरपालिका–१ र बाह्रदशी गाउँपालिका–७ का बासिन्दाको निजी जमिन लिजमा लिएर फोहोरमैला विसर्जन गर्ने तयारी गरेको जानकारी दिए । तर ती सबै स्थानमा स्थानीयले अवरोध पुर्‍याएका छन् । 

“दुर्गन्धले महामारी फैलिन्छ कि भनेर हामी पनि चिन्तित छौँ, दिनरात नभनी डम्पिङ साइटको खोजी गरिरहेका छौँ,” उनले भने, “फोहोर बिसर्जन गर्ने ठाउँ खोजेको थाहा पाउने बित्तिकै बाहिरदेखिका मानिस भेला भएर फोहोर राख्नै दिँदैनन् ।” रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७९  २२:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro