site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मन्त्री राईको चेतावनी– नेताको आडमा विकास निर्माण रोक्ने ठेकेदारलाई छोड्दैनौँ  
Siddhartha BankSiddhartha Bank

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले नेताको नाम लिएर विकास निर्माणमा बेथिति निम्त्याउने ठेकेदारलाई ‘तह लगाउने’ चेतावनी दिएका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री राईले नेताको नाम लिएर ठेकेदारीमा दादागिरी गर्दै विकास निर्माणका काममा बेथिति ल्याउने ठेकदारलाई तह लगाउने चेतावनी दिएका हुन् । 

मन्त्रालयले त्यस्ता ठेकदारहरूको खोजी गरिरहेको उनले जानकारी दिए । मन्त्री राईले ठेक्का लिने तर समयमा काम नसक्ने र अन्य विभिन्न बेथिति ल्याउने ठेकदारहरूलाई सरकारले नछोड्ने बताए । उनले सरकारले कुनै पनि नेताको नजिकको ठेकदार भए पनि काममा अवरोध सिर्जना गरेमा नछोड्ने चेतावनी दिए । 

Agni Group
NIC Asia

अहिले वैकल्पिक राजमार्गको विषयमा पनि बेथिति भइरहेको बताए । मन्त्री राईले मन्त्रिपरिषद्ले वैकल्पिक सहायक राजमार्गका बारेमा निर्णय गरिसकेकाले अब सहायक राजमार्गको मापदण्ड बनाएर कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए ।

“गल्ती गर्ने ठेकेदारलाई छोड्ने कुरा आउँदैन । सरकार कुनै पनि नेताको आडमा बसेर विकास निर्माणमा बेथिति निम्तयाउनेलाई छोड्दैन । विकास निर्माणमा ठेकदारहरूको बेथिति छ । को कसको भन्ने ठेकेदारहरूले विभिन्न नेताहरूको खोल ओडेर बेथिति निम्त्याएका छन्,” उनले भने, “हामी त्यसको खोजी गर्दै छौं । तपाईंहरू ढुक्क हुनुस् ठिक पार्छौं ।” 

Global Ime bank

मन्त्री राईले सार्वजनिक यातायातमा वैज्ञानिक भाडादरमा बेथिति नभएको बताए । उनले स्वचालित मूल्य प्रणाली अनुसार नै भाडा समायोजन भइरहेको दाबी गरे । मन्त्री राईले कही कतै कार्यान्वयन नभएको भए मन्त्रालय तत्काल कडाइका साथ कार्यान्वयन गर्न तयार रहेको बताए । वैज्ञानिक भाडादर सरकार, निजी क्षेत्र र विज्ञहरू राखेर लागु गरिएको उनको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  १६:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu