देश
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११, सिमखेतमा सडक अवरुद्ध भएको छ । बहाव बढेर मेलम्ची खोला सडक हुँदै बगेको स्थानीयले बताएका छन् ।
गत वर्ष असार १ गतेको बाढीले सडकमा क्षति पुगेको थियो । त्यस स्थानमा ढुंगासहित तारजाली राखेर सवारी आवागमन सञ्चालन गरिँदै आएको थियो ।
स्थानीयका अनुसार हिजो पनि यहाँ सडक अवरुद्ध भएको थियो । पछि यातायातका साधन सञ्चालनमा आए पनि आज पुनः अवरुद्ध भएको हो । अहिले स्काभेटरको सहायतामा अवरोध हटाउने कार्य जारी रहेको स्थानीयले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, साउन २३, २०७९ ०९:३१
प्रतिक्रिया दिनुहोस्